सदावहार नायिका करिष्मा मानन्धरको एसइई परीक्षा (पहिलो दिनका ९ तस्विर)

१० चैत्र २०७५
banner

तस्बिर : आर्यन धिमाल/डिसीनेपाल डटकम

काठमाडौँ । आजबाट यस वर्षको एसइई परीक्षा सुरु भएको छ। यस वर्षको एसइई परीक्षामा सदावहार नायिका करिष्मा मानन्धरदेखि सांसद् शान्ता चौधरी सहितले परिक्षा दिएका छन्। 

नायिका करिष्मा मानन्धरले काठमाडौंबाट एसइई परीक्षा दिएकी छन् भने नेकपाकी सचेतक शान्ता चौधरी पनि आफ्नै गृहजिल्ला दाङको तुल्सीपुरबाट एसइई परीक्षा दिएकी छन्।

मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्। यही विद्यालयको नियमित विद्यार्थीका रूपमा डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी छन्।

आज पहिलो दिन एसइई परीक्षामा अंग्रेजी विषयको परीक्षा भएको छ। सदावहार नायिका करिष्मा मानन्धरको परीक्षा केन्द्रमा संचारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l