
सामाजिक संजाल फेसबुकबाट साभार गरिएका तस्विरहरु
काठमाडौं। काठमाडौं उपत्यकाको अधिकांश अग्लो भेगमा शनिबार बाक्लो हिँउ परेको छ। उपत्यकाको चन्द्रागिरि डाँडा, फुल्चोकी, शिवपुरी, चम्पादेवी लगायतका उच्च भेगमा हिउँ परेको हो।
हिउँ परेसँगै काठमाडौंमा चिसो पनि ह्वात्तै बढेको छ।
यसअघि मौसम पूर्वानुमान महाशाखाले गत बिहीबारदेखि नै देशभरका उच्च भेगमा वर्षासँगै हिमपात हुने जनाएको थियो। यति काठमाडौं उपत्यकाका अधिकांश डाँडाहरु सेताम्मे देखिएको छ।