धनगढी प्रिमियर लिगः काठमाडौं गोल्डेन्सको विजयी सुरुवात

२८ माघ २०७५
banner

काठमाडौं। गत सिजनको उपविजेता काठमाडौँ गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) मा विजयी सुरुवात गरेको छ। सोमवार भएको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौँले सोमपाल कामीको धनगढीलाई ४ विकेटले पराजित गरेको हो। धनगढी गत वर्षको च्याम्पियन टोली हो भने फाइनलमा काठमाडौँलाई नै हराएर उपाधि जितेको थियो।

धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौँले एक बल अगावै ६ विकेट गुमाएर पुरा गरेको हो। काठमाडौँका लागि विदेशी खेलाडीद्वय अंकित देबासले २९ र गौरव तोमारले २८ रन योगदान गरे। अनिल शाहले २४ रन बनाए। १७ओभरमा १०४-६ को अवस्थामा रहेको धनगढीलाई जित दिलाउन विक्रम भुषाल र मेहबुम आलमले सातौँ विकेटका लागि २९ रनको साझेदारी गरे। विक्रम १४ र मेहबुब १२ रनमा नटआउट रहे।

धनगढीका लागि रोहन मुस्ताफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। त्यसअघि फाप्ला प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले अमित श्रेष्ठको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो।

दोस्रो ओभरमै ६ रन हादा २ विकेट गुमाएको धनगढीको रन उकास्न अमित रेष्ठ र सन्दिप रजालीले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे भने अमितले पवन सर्राफसँग चौथो विकेटका लागि ४३ रनको साझेदारी गरे। ५० बल खेलेका अमितले ४ चौका र २ छक्काको मद्दतमा ५० रन नै बनाए। सन्दिपले २८ र पवनले १९ रन बनाए।

सौरभ खनालले आक्रमक ब्याटिङ गर्दै नटबउट २५ रन बनाए। १० बल खेलेका सौरभले ३ चौका र १ छक्का प्रहार गरे। काठमाडौँका लागि नन्दन यादवले ३ ओभरमा ८ रन मात्र खर्चेर २ विकेट लिए।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l