भू-स्वर्ग घुम्न जाने पर्यटकलाई डोटी चेम्बरले गर्यो हेलिकप्टरको व्यवस्था

२० माघ २०७५
banner

प्रतिनिधिमुलक तस्बीर

दिपायल । ‘भू-स्वर्ग’को उपमा पाएको खप्तड घुम्नको लागि डोटी चेम्बर अफ कमर्शले हेलिकप्टरको व्यवस्था गरेको छ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थलको रुपमा चिनिएको खप्तड घुम्नका लागि खप्तडमा जान चाहेका तर हिड्न नसक्नेहरुलाई लक्षित गर्दै हेलिकप्टरको व्यवस्था गरेको डोटी चेम्बर अफ कमर्शका सचिव तथा महोत्सब प्रचारप्रसार संयोजक तेज डुम्रेलले जानकारी दिए।

आउँदो फागुनको १७ गतेदेखि २७ गतेसम्म डोटी चेम्बर अफ कमर्शको आयोजनामा प्रादेशिक महोत्सव  आयोजना हुने भएको छ। त्यसै बखतमा पर्यटकलाई भित्र्याउन तथा भू-स्वर्गलाई चौतर्फी चिनाउनका लागि ‘दिपायल-खप्तड’ हेलिकप्टरको व्यवस्था गरेका हौं। डुम्रेलले भने।

नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यका साथ चेम्बर अफ कमर्शले दिपायलदेखि खप्तडसम्मका लागि ११ दिनसम्म महोत्सब अवधीभर हेलिकप्टर सेवा सञ्चालन गर्ने भएको हो।

दिपायलबाट खप्तड जानका लागि प्रतिव्यक्ति १२ हजारमा खप्तड घुमेर फिर्ता आउन सकिने डुम्रेलले बताए।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l