परिषद्बाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

२० मङ्सिर २०७५
banner

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएका छन्।

२८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरिरहेका बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रिया अनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वय गर्न सचेत गराएका हुन्।

अर्थमन्त्री खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिए।

बिहीबार काठमाडौंमा आयोजित अन्तर सरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय परिषदबाट पारित नगराई बजेट कार्यान्वयनमा लगिए महालेखा परीक्षकको कार्यालयले अप्ठयारोमा पार्नेतर्फ पनि सबै स्थानीय तहको गम्भिर ध्यानाकर्षण गराए।

त्यस अवसरमा अर्थमन्त्री खतिवडाले विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह समेत गरे।

अर्थमन्त्री खतिवडाले विकास निर्माणको कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

उनले प्रदेश र स्थानीय तहमा सबै संरचनाको विकास भईनसकेकाले सबै खालको वित्तिय सहायता हस्तान्तरण गर्न नसकिएको पनि दोहो¥याए।

प्रदेश मुख्यमन्त्री र अर्थ मन्त्रीहरु सहभागी रहेको परिषदको सो बैठकमा संघ र प्रदेश सरकारको हालसम्मको कामको पनि समिक्षा हुने अर्थ सचिव डा. राजन खनालले जानकारी दिए।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l