खेलकूद स्वस्थ जनशक्ति उत्पादन गर्ने क्षेत्र : सभामुख महरा

२९ पौष २०७५
banner

फाइल फोटो

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले खेलकूद देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताएका छन् । 

न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई आज यर्हाँ सम्बोधन गर्दै उनले भने, “खेलकूद क्षेत्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको काम मात्रै गर्दैन, यसले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ, स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद निकै महत्वपूर्ण छ ।”

देशमा थुप्रै प्रतिभावान खेलाडी रहेको भन्दै सभामुख महराले राज्यका तर्फबाट खेलाडीलाई उचित प्रोत्साहन गर्न नसकिएको बताए ।

आफू अहिले राज्यको नीति निर्माण तहमा रहेको उल्लेख गर्दै उनले भने, “खेलकूद क्षेत्रको विकास गर्न ऐन कानून कस्ता खालका बनाउने र कहाँ कहाँ संशोधन गर्ने, मलाई भन्नुहोस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्ने पहलकदमी अघि बढाउँछु ।”

सो अवसरमा प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो तथा उत्कृष्ट खेलाडीलाई सभामुख महराले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल राष्ट्रिय खेल भए पनि बजेट अभावमा चाहेजति प्रतियोगिता सञ्चालन गर्न कठिनाइ भएको बताए। 

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |