ट्रम्पसँगको खटपटपछि अमेरिकाका लागि बेलायती राजदूत किमद्वारा राजीनामा

२६ अषाढ २०७६
banner

एजेन्सी । अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि राजीनामा दिएको बुधबार जानकारी दिएका छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि ट्रम्प र किमबीच विवाद शुरु भएको थियो । बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामापत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिनुपरेको उल्लेख गरेको समाचारमा जनाइएको छ । 

उनले सम्बन्ध सुधार र बेलायती चासोका बारेमा बुझाउन पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको पनि राजीनामापत्रमा उल्लेख गरेका छन् । “मैले मेरो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भव जस्तै देखिएको छ, त्यसैले मैले पदीय जिम्मेबारी त्याग्ने निर्णय गरेको छु,” उनले भनेका छन् । 

बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वास लागेको उनले बताएका छन् । उनको राजीनामाका बारेमा प्रधानमन्त्री थेरेसा मेले संसद्मा जानकारी पनि गराएकी छन् । उनले राजदूत किमले विगतमा राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवादसमेत दिएकी छन् ।

ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गरेका थिए । 

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |