'को बन्छ करोडपति' मा विराटनगरका राजिवले जिते १ करोड, को हुन् उनी ?

३० बैशाख २०७६
banner

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाएको छ।

महानायक राजेश हमालले संचालन गरिरहेको को बन्छ करोडपतिमा पहिलो पटक विराटनगरका राजीव जैन एक करोड जितेर करोडपति बनेका हुन्। जैन एमबीए डिग्री होल्डर सकेका उनी क्विज मास्टर समेत हुन्।

१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए । दिल्ली युनिभर्सिटीबाट एमबीए गरेपछि उनी २००३ मा नेपाल फर्किएका थिए। 

दिल्लीमा छँदा भारतमा यही शो ‘कौन बनेगा करोडपति’का लागि समेत छनोट भएका उनी ‘फस्टेस्ट फिंगर फर्स्ट’ पार गरेर हट सिटमा पुग्न भने पाएनन्। 

शनिबार राती प्रसारण भएको एपिसोडमा ‘को बन्छ करोडपती’ले पहिल्यै ‘पहिलो करोडपति परिचित गराइँदै’ भनेकोले राजीव नै पहिलो करोडपति हुन् भन्ने प्रस्ट पारिसकेको थियो । हिजोृ आईतबार बाँकी रहेका २ प्रश्नको सहि जवाफ दिएपछि शो ले आधिकारिक रुपमा नै भव्य रुपमा उनलाई करोडपति घोषणा गरेको थियो।

हेर्नुहोस् शनिबार र आईबारको एपिसोड

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3