माइतमै थियो अवैध सम्बन्ध, जब बच्चा जन्मियो

२१ कार्तिक २०७५

banner

एजेन्सी । भारतको पञ्जाबस्थित मोगामा एक हैरान गर्ने लज्जास्पद घटना भएको छ । श्रीमानसँग छुट्टिएर अलग माइतमा बस्दै आएकी एक महिलाकोएक व्यक्तिसँग अवैध सम्बन्ध भयो ।

केही दिनपछि ती महिला गर्भवती भइन् । छोरीलाई जन्म दिइन् । तर महिला र उसका प्रेमीले छोरीलाई लिएर नालीमा फाले । सोही स्थानमा नवजात छोरीको मृत्यु भयो । 

यो लज्जास्पद घटना मोगा थाना बाघापुराना क्षेत्रको हो । माहाला कला गाउँकी २८ वर्षीया अमनदीप कौरको बिहे गिल ग्राम निवासी राजपालसँग भएको थियो । तर, बिहेको केही दिनपछि उनीहरुबीच झगडा हुन थाल्यो । दुबैबीच सम्बन्धमा समस्या आयो । 

यसपछि श्रीमतीले श्रीमानलाई छोडेर अलग बस्न थालिन् । ती महिला दुई वर्षदेखि आफ्नै माइतमै बस्दै आएकी थिइन् । यसैबीचमा सोही गाउँका जतिन्दर सिंह र ती महिलाबीच अवैध सम्बन्ध स्थापित भयो र छोरीसम्म जन्मि । 

उनीहरुबीच छोरा जन्मे पाल्ने सहमति भएको थियो । तर छोरी जन्मि । उनीहरुबीच यो छोरीलाई नपाल्ने सहमति बन्यो र नालीमा फाले । 

सूचनाका आधारमा प्रहरीले नवजात शिषुको शव फेला पार्यो । प्रहरीले अनुसन्धान गर्दा अरोपी प्रेम जोडी फेला पर्यो । शव फेलापरेपछि बिना किटानी मुद्दा दर्ता गरिएको थियो । तर, प्रहरीले दोषीलाई फेला पारेर गिरफ्तारसमेत गरेको छ ।

उनीहरुमाथि कानुनी कारबाही भइरहेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »