लागूऔषधका ‘होलसेल’ व्यापारीः बल्खुको फुटपाथमा ‘पसल’, साथमा लागूऔषधको थुप्रो

२७ पौष २०७५
banner

काठमाडौं । जबरजस्ती करणीको अभियोगमा ६ वर्ष जेल बसेर छुटेका बर्दिया महमदपुर घर भएका ३२ वर्षीय लालबहादुर राना सुध्रिनुको सट्टा झनै खतरनाक अपराधी बनेको पाइएको छ । उनी अहिले झनै खतरनाक फेरि खतरनाक लागु औषधको ‘होलसेल’ व्यबसायी भएको भेटिएको हो । करोडौँ मूल्य बराबरको लागू औषध सहित प्रहरीले निज रानालाई काठमाडौं बल्खुबाट बिहीबार दिउँसो २ बजे पक्राउ गरेको हो । 

राना काठमाडौं बल्खु स्थित फुटपाथमा प्रतिबन्धित लागू औषध डाइजे ल्याब सहितका अन्य लागूऔषध उपत्यका बाहिरबाट ल्याएर यहाँका स्थानीय लागू औषध दूव्र्यसनीलाई बिक्री गर्नका लागि ग्राहकलाई कुरिरहेका थिए । उनी बल्खुमा लागू औषध सहित ग्राहक कुरिरहेका छन् भन्ने सुराकीका आधारमा प्रहरीले निजलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई देख्दा शंकास्पद व्यक्तिजस्तो लागेर सोधपुछ गर्दा खोजतलासीबाट उनी लागूपदार्थ ओसारपसारमा संलग्न भएको पत्ता लागेपछि प्रहरीले  उनलाई सार्वजनिक सडक खण्डको सडकपेटीबाट नै पक्राउ गरेको थियो । उनीसँगबाट प्रहरीले डाइजे ल्याब लेखिएको इन्जेक्सन एम्पुल ८ सय ३५ थान, नुफिन लेखिएको इन्जेक्सन एम्पुल ८ सय ५४ थान, फेनेरगन लेखिएको इन्जेक्सन एम्पुल ८ सय ८६ थान, सहित तीस हजार नेपाली रुपैयाँ र भिभो लेखिएको मोबाइल एक थान बरामद गरेको जनाएको छ ।

यस्ता किसिमका लागू औषध नेपालमा नबनेर भारत, चीन लगाएतका विभिन्न मुलुकबाट नेपालमा आउने गरेको बताउँछन् प्रहरी प्रवक्ता होविन्द्र बोगटी । लागू औषध सहित पक्राउ परेका लालबहादुर राना सानो लागू औषध व्यबसायी नभएर करोडौँ रकम बराबरको लागू औषध व्यबसायी रहेको प्रवक्ता बोगटीको भनाई छ । उनले उपत्यकाबाहिर बाट लागू औषध आयात गरी होलसेलमा उपत्यकाका लागू औषध खुद्रा व्यापारीहरुलाई सप्लाई गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । निज रानाबाट बरामद गरिएका लागू औषधको मूल्य कति भन्ने निश्चित नभएपनि एक थान डाइजेल्याब लगायत लागू औषध २ सय ५० देखि ३ सयसम्ममा बिक्री गर्ने प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए । पक्राउ परेका रानालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |