शुभकामना २०७६ सालको (कविता)

२३ बैशाख २०७६
banner

-लालहादुर खत्री

फाटेर तुवाँलो सारा आकाश खुल्नु पर्नेमा
जन्मेको जन्म भूमिमा रमाइ भुल्नु पर्नेमा
स्वदेशै  पसिना पोखी पौरख फुल्नु पर्नेमा
नेपाली भावना सारा, रक्तमा घुल्नु पर्नेमा ।१।

बसेर परका देश घरका कन कष्ट छ
परका कन पालेर परका कन कष्ट छ
भन्दा हुन् सबले आमा बिर्सेर लुकी मस्त छ
बगाइ गोहीका आँशु एकान्त ढुकी बस्तछ।२।

बसाइ पराइ काख चुडाइ कलेजा मुटू
‘नेपाल बनाउँ’ भन्ने हरुका  साथमा जुटू
‘नेपाल उठाउँ’ भन्ने बथान साथ  नछुटू
जननी जन्मभूमिको झन्कार  साथ नटुटू।३।

आउँदो वर्ष नौलोमा फुटेर सिर्जना मूल
आमाका हातमा सुम्पी पसिना मोतीका फूल
भेटिउन् चन्द्र औ सुर्य अङ्कित झण्डाका हुल
मेटिउन्  मनका दर्द पुराना जडता शुल ।४।
‘नेपाल बनाउँ’ भन्ने सपना पूर्ण भैदिए
‘नेपाल फुटाउँ’ भन्ने कामना चूर्ण भैदिए
शुभका कामना आज नेपाली मन रैदिए
शान्तिको भूमिमा बुद्ध रुने ती पल गैदिए ।५।

बोकेर सुख सौगात सबका घरमा पुग
फेरिदो अनुहारको सुनौलो बनाउ युग
‘नेपाल देश छ’ भन्ने शङ्ख र बिगुल फुक
‘नेपाल बनाउ नौलो, ल्याएर समृद्धि सुख।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3