राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा

२२ कार्तिक २०७५
banner

काठमाडौं। सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ठ जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ कार्यक्रममा बोल्दै उनले शंखधर साख्वाको संग्राहलय स्थापनाका लागि स्थानीय नगरपालिकालाई जग्गा व्यवस्था तत्काल गर्न पनि आग्रह गरे। त्यस अवसरमा मन्त्री पण्डितले शंखध्वर साख्वाले गरिव जनताको ऋणमोचन गरेर ऐतिहासिल योगदान दिएको पनि स्मरण गराए। 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय चाडको रुपमा घोषणा गर्न सरकारसँग माग गरे। उनले सरकारले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिन ढिलाई नगर्ने विश्वास पनि व्यक्त गरे। 

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व मन्त्री महेश बस्नेतले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताएका थिए। 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l