मालिंगा पनि तानिए सेक्स स्क्यान्डलमा 

२५ आश्विन २०७५
banner

एजेन्सी । श्रीलंकाका स्टार बसलर लासिथ मालिंगमाथि एक अपरिचित युवतिले यौनदूव्र्यहारको आरोप लगाएकी छन् । 

आईपीएल सिजन १० का क्रममा भारतको मुम्बईस्थित एक होटलमा मालिंगाले ती यूवतिमाथि दुव्यर्वहार गरेको तमिल गायीका श्रीप्रदाले ट्वीटरमार्फत जानकारी दिएकी छन् । 

श्रीप्रदाका अनुसार ती युवति मुम्बईको एक होटलमा आफ्ना साथीलाई खोजिरहेकी थिइन् । मालिंगाले ती साथी आफ्नो रुममा रहेको भन्दै उनलाई आफ्नो रुममा लगेका थिए । त्यसपछि ती युवतिलाई धक्का दिएर बेडमा पल्टाएका थिए । र उनीमाथि चढेका थिए । 

श्रीप्रदाका अनुसार त्यसपछि होटलको स्टाफले रुमको ढोका ढकढक्याएपछि मालिंगा ढोका खोल्न जाँदा ती युवति बाथरुममा लुकेकी थिइन् र स्टाफ बाहिर नजाँदै आफै बाहिरिएकी थिइन् । 

यी युवतिको यस्तो आरोप लागिरहँदा मालिंगा भने श्रीलंकामा इंगल्याण्डसँगको घरेलु एकदिवसीय क्रिकेट खेलिरहेका छन् ।

मालिंगा आईपीएलमा मुम्बई इन्डियन्सका तर्फबाट पहिला खेलाडी थिए भने हाल मेन्टटरका रुपमा जोडिएका छन् ।

मालिंगा आईपीएलका सबैभन्दा सफल बलरमात्र होइनन् श्रीलंकाका लागि पनि त्यतिकै सफल बलर हुन् । 

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |