लिगलिगकोटमा ठूलो राष्ट्रिय झण्डा

२८ पौष २०७५
banner

गोरखा । गोरखाको ऐतिहासिक लिगलिगकोट दरबार परिसरमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । 

पालुङटार नगरपालिका–२ स्थित लिगलिगकोटमा पालुङटार नगरपालिकाले आज ४० फिट अग्लो राष्ट्रिय झण्डा राखेको हो । राष्ट्रिय एकता दिवसको अवसर पारेर नगरपालिकाले लिगलिगकोटको पर्यटन प्रवद्र्धनका लागि पहिलो चरणको कामको शुरुआत गरेको नगर प्रमुख दीपकबाबु कँडेलले बताए । 

उनले लिगलगिकोटमा राखिएको झण्डाले यहाँ पुग्ने सबै नेपालीमा राष्ट्रियताको भावना थप जागृत गराउने जानकारी गराए । उनले लिगलिगकोटमा घुम्न आउने पर्यटकलाई घरवासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

नगरपालिकाले चालू आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन तथा घरवास विकासका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । उक्त क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड रकम विनियोजन गरेर प्रदेशस्तरीय सङ्ग्रहालय निर्माणको काम अघि बढाइसकेको

विशेष

ताजा भिडियो

रवि लामिछाने र निकिता पौडेलको कानुनी विवाह । Rabi Lamichhane and Nikita Poudel's Court Marriage l

आयूष्मान र प्रियंकाको प्रेम–दिवस | Priyanka Karki | Aayushman DeshRaj Joshi |

किस सिनको बारेमा प्रश्न गर्दा आशिरमानकी आमाको कडा जवाफ |

संसदमा कांग्रेस नेता विजय गच्छदारको गर्जनः ओलीजी हिम्मत छ ? । Bijaya Gachhadar l Samsad Baithak l