लिभरपुलको साँघुरो जितमा सलाह नायक

२९ पौष २०७५
banner

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले ब्राइटनलाई १–० गोल अन्तरले पराजित भएको हो ।

लिभरपुलले उसैको मैदानमा ब्राइटनलाई हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहले पेनाल्टीमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितसंगै लिभरपुलले शीर्ष स्थानको अग्रता ७ अंकको बनाएको छ । लिभरपुलले २२ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५० अंक छ । सिटीले एक खेल कम खेलेको छ । २६ अंकसहित ब्राइटन १३ औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत शनिबार नै लेष्टर सिटी साउथह्याम्पटनसंग २–१ गोल अन्तरले पराजित भएको छ ।  बर्नलीले फुलहमलाई २–१ ले पराजित गर्दा वाट्फोर्टले क्रिष्टल प्यालेसलाई २१ ले नै हराएको छ । कार्डिफ सिटी र हडर्सफिल्डले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll