विरोधका बाबजुद पनि लोकसेवामा ७० हजारको आवेदन, समावेशीतर्फ ३० हजार

२७ जेठ २०७६
banner

काठमाडौं । एक अपांग आदिवासी महिलाले विभिन्न समावेशी समूहअन्तर्गत महिला, आदिवासी जनजाति, अपांग र खुलातर्फ आवेदन दिन सक्ने व्यवस्था रहेको छ । यसरी आवेदन दिनेको संख्या अत्यधिक रहेको आयोगले जानकारी दिएको छ । 

आयोगको परीक्षा रोकिए लाखौँ युवायुवतीको भविष्य संकटमा पर्ने विज्ञहरूले बताएका छन् । कुनै पनि वहानामा परीक्षा रोकिन नहुने उनीहरूको सुझाव छ । सडकदेखि संसदसम्म लोकसेवा आयोगले गरेको विज्ञापन खारेज गर्नुपर्ने आवाज उठिरहेका बेला आयोगको परीक्षाको तयारी गरिरहेका लाखौँ युवायवुतीलाई भने यसले कुनै असर नपारेको पाइएको छ । 

लोकसेवा आयोगका अनुसार झन्डै ८ लाख युवायुवतीहरू लोकसेवाको परीक्षाको तयारीमा छन् । उनीहरूले आवेदन गर्ने क्रम दिनानुदिन बढिरहेको आयोगले जनाएको छ। आवेदन दिनेहरूले लोकसेवाको परीक्षाको आवश्यक तयारीसमेत गर्न थालिसकिएको बताएका छन् ।
लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आइतबारसम्ममा झन्डै ७० हजारको संख्यामा आवेदन परेको छ । 

आयोगका अनुसार आइतबारसम्म आवेदन दिनेको संख्या ६६ हजार ७९४ रहेको छ भने समावेशीतर्फ झन्डै ३० हजारको संख्यामा आवेदन परेको छ । समावेशी समूहतर्फ आरक्षण गरिएका विभिन्न समूहअन्तर्गत २८ हजार ८६१ जनाले आवेदन दर्ता गराइसकेका छन् । 

संसद र सडकमा समावेशी सिद्धान्तको पालना नगरी विज्ञापन आह्वान गरिएको भन्दै विरोध भइरहेको अवस्थामा ठूलो संख्यामा समावेशीतर्फ पनि आवेदन परेको छ । दैनिक १० हजारदेखि १५ हजारको संख्यामा आवेदन परिरहेको लोकसेवा आयोगले जनाएको छ ।

यसरी आवेदन दर्ता भएका समावेशी समूहअन्तर्गत महिलातर्फ १६ हजार ४६९, आदिवासी जनजातितर्फ ७ हजार ९८२, मधेसीतर्फ ३ हजार ८४७, दलितमा ५०६ पिछडिएका वर्गमा १९ र अपांगतर्फ ३८ जनाको आवेदन परेको छ । यसरी आवेदन दिनेहरूले खुलातर्फ समेत आवेदन दिने गरेका छन् । आयोग स्रोतका अनुसार एकै व्यक्तिले विभिन्न समावेशी समूहअन्तर्गत रहेर आवेदन दर्ता गराएका छन् ।

राजधानी दैनिक

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli