लोकसेवा आयोगको विज्ञापन खारेज गर्न जनजातिहरुको पनि माग

२८ जेठ २०७६
banner

काठमाडौं । स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेल गर्न सरकारसँग माग गर्दै आदिवासी/जनजातिहरुले पनि मंगलबार काठमाडौंमा विरोध प्रर्दशन गरेका छन्।

समावेशी सिद्धान्तको विपरित सो विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न माग गर्दै उनीहरुले मंगलबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन्। प्रर्दशनका क्रममा उनीहरुले सरकारलाई संविधान र कानुन अनुसार चल्न पनि सचेत गराएका छन्।

संघीय तामा सालिङ मंच, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किराँत याक्थुम चुम्लुङ, नेपाल मगर संघलगायतका विभिन्न जातीय संघ, संगठनहरु सहभागी भएको विरोध प्रर्दशनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो।

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l