फेसबुकको प्रेमले २१ लाख रुपैयाँ र इज्जत लुटेपछि...

२९ भाद्र २०७५

banner

नयाँदिल्ली । दिल्लीको गुरुग्राममा सामाजिक सञ्जला फेसबुकमा एक युवतीलाई प्रेम जालमा पारेर बलात्कार गरेको खुलासा भएको छ । पीडित महिलालले २१ लाख रुपैयाँ पनि सो युवकले लिएको आरोप लगाएकी छन् ।

प्रहरीले यो मामिलामा मुद्दा दर्ता गरेको छ । तर, हालसम्म आरोपी पक्राउ भने पक्राउ नपरेको जनाइएको छ । 

गुरुग्रामको डीएलएफ फेज १ मा एक युवतीमाथि बलात्कार भयो । ती युवतिको २१ लाख रुपैयाँ पनि युवकले लियो । युवती गुरुग्राममा एक कम्पनीमा सिनियर अधिकारीका रुपमा काम गर्छिन् । आरोपी दिल्लीकै अशोक विहारको भएके बताइएको छ । 

प्रहरीका अनुसार आरोपी महेशले गुरुग्रामको एक होटलमा बलात्कार गरेको थियो र बिहे गर्ने बताएको थियो । यो बीचमा ती युवतिबाट महेशले २१ लाख रुपैयाँ पनि लियो । यी युवायुवती २०१७ मा फेसबुकका माध्यमबाट साथी बनेका थिए ।

फेसबुकमा आरोपले ती युवतीलाई प्रेमजालमा पारेको बताइएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »