यी कलाकार जसको शुटिङका क्रममा प्रेम त्यसपछि विवाह भयो

२४ आश्विन २०७५

banner

बीबीसी।  त्यसो त हामीले फिल्मी पर्दामा कयौं प्रेम कथा देखेका छौं। जहाँ, कलाकारको जोडी वास्तविक नै लाग्छ। तर, यो प्रेम कथा मात्रै हो वास्तविक जीवनमा मेल खाँदैन।

संचारमाध्यमहरुले बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबीच चाँडै विवाह हुँदैछ।  तर, त्यसभन्दा अगाडि आज हामी तपाइँलाई ती कलाकारको प्रेम कथाका विषयमा जानकारी दिन गइरहेका छौं जसको प्रेम कथा विवाहमा परिणत भएको छ।
अनुष्का शर्मा र विराट कोहली

विराट र अनुष्का कुनै बलिउड सेटमा होइन बरु, २०१३ मा एउटा टेलिजिभन विज्ञापनको सेटमा पहिलो पटक भेटेका थिए। त्यसपछि दुवैको मित्रता बढ्न थाल्यो।

२०१४ मा जब विराट दक्षिण अफ्रिकाबाट फर्किए तब मुम्बई विमानस्थलमा अनुष्काले विराटलाई लिन आफ्नो कार पठाइन्।
विस्तारै विस्तारै उनीहरुको प्रेम कथा जन जनमा पुग्यो र डिसेम्बर २०१७ मा उनीहरुले विवाह नै गरे।


 

अजय देवगन र काजोल

मानिसहरुले यो जोडीका विषयका के टिप्पणी गरे उनीहरुबीचको वैवाहिक सम्बन्ध धेरै दिन टिक्दैन। एकतर्फ अजय एकदम शान्त स्वभावका र लजालु थिए भने अर्कोतर्फ काजोल एकमद चञ्चल।

चार वर्ष लामो माया प्रेमपछि अजय  र काजोलले १९९९ मा विवाह गरे। क्यामरादेखि लजाउने अजयले आफ्नो विवाहमा फोटोग्राफरलाई पनि बोलाएका थिएनन्। र, थोरै मानिसलाई मात्र विवाहमा बोलाएका थिए।
 

दिलीप कुमार र  सायरा बानो

१९६१ मा जंगली फिल्मबाट सायराले आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन्। योबीचमा सायराको नाम धेरै जनासँग जोडियो। ती नाममध्ये एक थियो राजेन्द्र कुमार। 

तर भाग्यमा अरु नै लेखिएको थियो। २० वर्षको फरक भएपछि मानिसहरुले उनीहरुबीचको सम्बन्ध धेरै दिन नटिक्ने अनुमान लगाएका थिए।
दुनिया, बैगार र गोपी जस्ता फिल्ममा सँगै काम गरेका ट्रेजेडी किङ दिलीप कुमार र सायरा बानोलाई उनकी आमा नसीम बानोले भेट गराएकी थिइन्। सानै उमेरदेखि दिलीप कुमारलाई चाहने सायरा बानोले १९६६ मा २२ वर्षको उमेरमा ४४ वर्षीय दिलीप कुमारसँग विवाह गरेकी थिइन्।


 

सुनील दत्त र नरगिस

नरगिरले आरके प्रोडक्शनसँग एकपछि अर्को गर्दै फिल्म साइन गरिन्। जसका कारण नरगिसका नाम राज कपुरसँग जोडिन पुग्यो। त्यसपछि आएको मदर इण्डिया फिल्मपछि कथाले अर्कै मोड लियो।

उक्त फिल्मको शुटिङका क्रममा सेटमा आगो लाग्यो र नरगिस त्यहाँ फसिन्। तब सुनील दत्त एक सुपरम्यान जसरी आगोमा प्रवेश गरे अनि नरगिसलाई बचाए। त्यसपछि सुनील दत्त र नरगिसबीचको प्रेम कथा सुरु भयो। र, १९५८ मा उनीहरुले विवाह गरे।
 

गीता बाली र शम्मी कपुर

गोल्डन कपल भनिने गीता बाली र शम्मी कपुरको प्रेम कथा सबैभन्दा अगल छ। १९५५ मा रानीखेतमा ‘रंगीन रातेँ’ फिल्मको शुटिङ चलिरहको थियो र यहीबीचमा उनीहरुबीच माया प्रेम बस्यो।

यही क्रममा शम्मी कपुरले गीतालाई प्रपोज गरे तर, गीताले अस्वीकार गर्दै आइन्। तर आवेगममा एक फैसला लिए र दुवै जना तत्काल मुम्बई आए अनि १९५५ मा विवाह गरे।


 

बसन्ती र बीरुको वास्तविक प्रेम कथा

बीरु र बसन्तीको जोडीले सबैको मन जितेको र छ र आलोचनाको पनि सामना गरेको छ।  धमेन्द्रले जब पहिलो पटक हेमा मालिनीसँग  भेट गरे त्यतिबेला उनी विवाहित थिए।
हेमा र धर्मेन्द्रबीचको प्रेमप्रति हेमाकी आमा खुशी थिइनन्।  उनले हेमाकालागि जितेन्द्र नै सही व्यक्ति भएको बताइन्। जितेन्द्र र हेमाको विवाह हुने वाला थियो तर, अन्तिममा हेमाका विवाह धमेन्द्रसँग १९८० मा भयो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »