प्रेमीलाई एक लाख म्यासेज पठाएर किड्नी खाने चाहाना प्रकट गरेपछि...

२६ पौष २०७५
banner

एजेन्सी। संसारमा विचित्र किसिमका मान्छेहरु हुन्छन् । यहाँ सबैको आ–आफ्नो चाहाना हुन्छ । यस्ता चाहानाहरुकै कारण अनेक किसिमका अचम्मका घटनाहरु हुनेगरेका छन् । जसले बेलाबेलामा एक चोटी सोचमग्न पारिदिन्छ ।

यस्तै एउटा घटना अमेरिकामा घटेको छ । अमेरिकाको फ्लोरिडा राज्यकी एक युवतिले आफ्ना प्रेमीलाई मारे रगत खाने चाहाना राखेकी छिन् । यस्तो चाहाना राख्ने युवति हुन् ज्याकलिन एडिस । एक डेटिङ साइटमा ज्याकलिनको भेट भयो छालाको हेरचाह गर्ने कम्पनीका सिइओसँग ।

तर, यहाँ कुरा अचम्मको भयो । उनीहरुको डेटमा पुरुषले सम्बन्ध अघि बढाउन चाहेनन् । अर्थात उनलाई ‘इग्नोर’ महसुस भयो । यसपछि के चाहियो र । ज्याकलिनले दैनिक ५ सय एसएमएस पठाउन थालिन् ती पुरुषलाई ।

करिब १ लाख ३९ हजार एसएमएस गरिन् ज्याकलिनले । एसएमएसका केही नमूना यस्ता थिएः

‘म तिम्रो हत्या गरेर रगतले नुहाउन चाहन्छु ।’

‘म तिम्रो किड्नी मिश्रित खाना खान चाहन्छु र त्यसका लागि तिम्रो हातको हड्डीको चपस्टिक्स बनाउन चाहन्छु ।’

यति मात्र होइन, ज्याकलिनले ती पुरुषलाई लगातार फलो गरिरहिन् । 

एकपटक त ज्याकलिनले आफ्नो निबासमा पतिको नाम भनेर तिनै डेटमा गएका पुरुषको नाम पनि लेखिन् । जम्मा एकपटक डेटमा गएपछि रुची नबढेर बेवास्ता गरेकै कारण १ लाख ३९ हजार एसएमएस र पढ्नै नसकिने सन्देशपछि पीडित पुरुषले प्रहरीमा उजुरी गरे ।

उजुरीपछि ज्याकलिनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

ताजा भिडियो

प्रधानमन्त्रीको राजीनामा माग्दै संसदमा फायर भए गच्छदार । Bijaya Gachhyadar l Samsad l

कांग्रेसमाथि याेगेशकाे खराे टिप्पणी | Yogesh Bhattarai | Samsad |

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |