यासुदा ब्रान्डका सामान किन्ने ग्राहकमध्ये ३ जना बने लक्की ड्र मार्फत बिजेता

२६ अषाढ २०७६
banner

काठमाडौं । यासुदा ब्रान्डका विभिन्न सामानहरु खरिद गर्ने ग्राहक लक्की ड्रबाट बिजेता बनेका छन्।

नयाँ वर्षको योजना अन्तर्गत चैत्र १५ देखि जेठ १५ सम्म यासुदा ब्रान्डका सामानहरु किन्ने ग्राहकहरु मध्य ३ जनालाई लक्की ड्र मार्फत बिजेता बनाइएको हो।

नेपालमा यासुदाको ब्रान्डका सामानको अधिकृत ब्रिकेता त्रिवेणी व्यापार कम्पनीले बिहिबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरि सबै विजेतालाई पुरस्कार वितरण गरेको छ।

यासुदाका टिभी फ्रिज वासिंग मेसिनलगायतका सामान खरिद गर्ने देश भरिका ग्राहक मध्य ३ जनालाई गत असार १७ गते बिजेता घोषणा गरिएको थियो।

लक्की ड्र मार्फत सुर्खेतबाट सामान खरिद गर्ने कृष्णबहादुर बुद्धले प्रथम पुरस्कारको रुपमा सिङ्गापुर भ्रमण गर्ने टिकट पाउनु भएको छ भने दोश्रो बिजेता दाँङको तुलसीपुरमा सामान किन्ने ललित ओलीले यासुदको ६५ इन्चको फोर के टिभी हात पारेका हुन्।

यस्तै तेस्रो बिजेता पोखरामा सामान किन्नुहुने ताहासिं थापाले यासुदाको एअरकन्डिसन जितेका थिए। नेपालमा यासुदाको ब्रान्डका सामानहरु त्रिवेणी व्यापार कम्पनीले आधिकृत बिक्रेताको रुपमा विक्री वितरण गर्दै आएको छ।

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l