लुक्ला दुर्घटनामा कोपाइलट र असइको मृत्यु, पाईलटसहित ३ घाईते

१ बैशाख २०७६
banner

काठमाडौँ । लुक्लामा भएको विमान दुर्घटनामा परी मृत्यु हुने र घाईतेहरुको पहिचान खुलेको छ। दुर्घटनामा परी एक जना कोपाइलट र एक जना असईको मृत्यु भएको भएको छ ।

दुर्घटनामा परी समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले पुष्टि गरेका छन्। दुर्घटनामा परी एयर होस्टेज आर. लामा भने सकुसल रहेकी छन्।

दुर्घटनमा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन र अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन्। घाईतेहरुको अहिले गण्डी अस्पताल काठमाडौँमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घाईते मध्य समिट एयरका क्याप्टेन रोकायाको अवस्था गम्भीर रहेको छ।

आज बिहान समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर रोकी राखेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनापछि दुवै विमान पल्टिएको र आगलागी भएको प्रत्यक्ष दर्शीले बताएका छन्। उक्त आगो सुरक्षाकर्मी र स्थानीयवासीले निभाएका थिए।

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |