लुक्ला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जनाको ग्राण्डी अस्पतालमा उपचार हुँदै

१ बैशाख २०७६
banner

काठमाडौँ । लुक्लामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ। दुर्घटनामा परी एक जना कोपाइलट र २ जना असईको मृत्यु भएको भएको छ।

दुर्घटनामा परी यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका लागि ग्राण्डी अस्पताल ल्याईएका अर्का असई रुद्र बहादुर श्रेष्ठको पनि उपचारकै  क्रममा ज्यान गएको छ। दुर्घटनामा परी एयर होस्टेज आर. लामा भने सकुसल रहेकी छन्।

दुर्घटनमा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरका क्याप्टेन घाइते भएका छन्। घाईतेहरुको अहिले ग्राण्डी अस्पताल काठमाडौँमा उपचार भईरहेको प्रहरीले जनाएको छ। 

आज बिहान समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर रोकी राखेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनापछि दुवै विमान पल्टिएको र आगलागी भएको प्रत्यक्ष दर्शीले बताएका छन्। उक्त आगो सुरक्षाकर्मी र स्थानीयवासीले निभाएका थिए।

ताजा भिडियो

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |