प्रदेश नं ५ को पर्यटन मन्त्रालयले लुम्बिनी भ्रमण वर्षलाई सहयोग गर्ने

२५ बैशाख २०७६
banner

दमौली । तनहुँको व्यास नगरपालिकाले प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ लाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भ्रमण वर्षको प्रचारप्रसारका लागि आज तनहुँको दमौली आइपुगेको टोलीलाई स्वागत गर्दै नगरपालिकाका उपप्रमुख मीरा जोशीले भ्रमण वर्षलाई सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। सो अवसरमा उपप्रमुख जोशीले महर्षी बेदव्यास भूमि दमौली र भगवान् गौतमबुद्धको भूमि लुम्बिनीलाई धार्मिक पर्यटनमार्फत् जोड्नुपर्नेमा जोड दिए।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले लुम्बिनी आउने पर्यटकलाई व्यास भूमिसम्म ल्याउने वातावरण सिर्जना गर्नका लागि सहकार्य हुनुपर्ने बताए।

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शेषदत्त चौधरीले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेको र सो अभियानलाई लुम्बिनी भ्रमण वर्षले आधार प्रशस्त गर्ने बताए।

प्रदेश सरकारले लुम्बिनीको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउने, लुम्बिनी आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउने, लुम्बिनी क्षेत्रलाई सिद्धार्थ, कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा बौद्धदर्शन मार्ग तथा शान्तिको उद्गमस्थलका रुपमा प्रचार गर्ने र लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यसहित भ्रमण वर्ष घोषणा गरेको छ।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3