लुटपाट गर्ने गिरोह पक्राउ

२३ आश्विन २०७५
banner

चितवन । विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छे« गाउँपालिका–६ का ५६ वर्षीय कालु परियार र मकवानपुर थाहा नगरपालिका–२ घर भई हाल तनहुँको देवघाटमा बसोबास गर्दै आएका ४९ वर्षीय हरि गोले रहेका छन् ।

परियार १५ वर्षदेखि निरन्तर चोरी कार्यमा संलग्न रहेको खुलेको छ । उनले १५० ठाउँमा बेहोस बनाई लुटपाट गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

उनीहरुले असोज १२ गते माडी नगरपालिका–६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा लुटपाट गरेपछि सो समूहको खोजीकार्य शुरु गरिएको थियो ।

उनीहरुलाई सोमबार बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौँरले जानकारी दिए ।

उनीहरु सुनारको घरमा अमिलो बेच्ने बहानामा बास बस्न पुगेका थिए । सो क्रममा उनीहरुले बेहोस पार्ने ‘एटिभ्यान’ नामक लठ्याउने औषधिको प्रयोगले सुनारको परिवारमा आमा र श्रीमतीलाई बेहोस बनाई १५ तोला सुन र दुई सेट मोबाइल लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनीहरुले झापा, इटहरी, लहान, वीरगञ्ज, हेटौँडा, सुनौली, बुटवल, कृष्णनगर, नेपालगञ्ज, सुर्खेत, काठमाडौँ लगायतका स्थानमा बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

बयानका क्रममा उनीहरुले भारतको लखनउसम्म पनि नेपालीलाई लुटेको स्वीकारेको बताइएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग र चोरी कसुरअन्तर्गत कानूनी कारवाही गरिने प्रहरीले जनाएको छ ।

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |