अवैध १०० लिटर मदिरा नष्ट

२८ पौष २०७५
banner

प्रतिनिधिमुलक तस्बीर

सप्तरी । अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा आज प्रहरीले ठूलो परिमाणमा मदिरा नष्ट गरेको छ । 

इलाका प्रहरी कार्यालय महुली र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सीतापुरको संयुक्त टोलीले वडा नम्बर ४ सीतापुर कोलनीमा ठूलो मदिराजन्य कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जनाइएको छ।

प्रहरी नायब निरीक्षक रामबाबुराय यादव र सशस्त्र प्रहरी नायब निरीक्षक भूपेन्द्रप्रसाद बहडखेरको नेतृत्वको टोलीले छापा मारी एक हजार ५०० मदिराजन्य कच्चा पदार्थ र १०० लिटर तयारी घरेलु मदिरा गाउँपालिका–२ का वडाध्यक्ष पशुपति चौधरीलगायतको रोहवरमा नष्ट गरेको हो।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll