भूमाफियाले कब्जा गरेको जग्गा खोज्दै सरकार

२ बैशाख २०७६
banner

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउदै आएका छन्। उनको यो दुई तिहाइको सरकारलाई आपूmले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन।

तर केही दिनयता बालुवाटार नजिकैको सरकारी जग्गा व्यक्तिको नाममा सारेको समाचार नेपाली आम सञ्चारका माध्यम र सामाजिक सञ्जालमा प्रकाशन प्रशारण भएपछि उनको यो अभिव्यक्तिले हावा खाएको छ।

आफ्नै पार्टीका महासचिव विष्णु पौडलले समेत उक्त जग्गा खरिद गरेको पाइएपछि यो विषयमा प्रधानमन्त्रीको निर्णय के हुनेछ भन्ने विषयमा आम नागरिकको चासो बढेर गएको छ। पौडेलले उक्त जग्गा खरिद गरेको नभई व्यक्तिको नाममा ल्याउनका लागि सेटिङ मिलाएबापत प्राप्त भएको समाचार पनि सञ्चार माध्यममा प्रेषित भएका छन्।

मन्त्रिपरिषद्ले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी जग्गाबारे छानबिन गर्न भूमिव्यवस्था र गृह मन्त्रालयलाई आदेश दिइसकेको छ। तर आफ्नै पार्टीका महासचिव संलग्न भएको विषयमा प्रम ओलीले कारबाही प्रक्रिया अगाडि बढाउँछन् कि बढाउँदैनन् भन्ने कुरा चासोको विषय भएको छ।
केही दिनअघि मन्त्रिपरिषद्ले सरकारी जग्गाको गलत प्रयोग भएको भए त्यसको छानविन गर्न, सरकारी जग्गाको अभिलेख संकलन गर्न र सरकारी जग्गाबारे कस्तो नीति बनाउने भन्नेबारे सुझाव दिन आयोग गठन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले दिएको त्यस्तो ‘टीओआर’ पूरा गर्ने आयोग कसरी बनाउने भन्नेबारेमा गृह मन्त्रालयसँग भूमि व्यवस्था मन्त्रालयले अनौपचारिक छलफल गरिरहेको बताइएको छ।

‘बालुवाटारको ललिता निवासको यो घटनापछि अन्त पनि यस्तै भएको छ कि भनेर मन्त्रिपरिषद्ले छानबिन आयोग बनाउने निर्णय गरेको छ’ –सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए। आपूmहरुलाई आयोग कसरी बनाउने भन्ने गृहकार्य गर्न निर्देशन आएकाले गृह मन्त्रालयसँग अनौपचारिक छलफल भइसकेको सचिवले बताए।

बालुवाटारको सरकारी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा गरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेपछि सरकारले छानबिन आयोग बनाएको थियो।
उक्त आयोगले गत मंसिरमा प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। प्रधानमन्त्री निवास बालुवाटारकै सरकारी जग्गा व्यक्तिका नाममा सारेको तथ्य पत्ता लगाएको उक्त आयोगको सुझावअनुसार सरकारले मुलुकका अन्य भागमा रहेका सरकारी जग्गाबारे पनि छानबिन गर्ने भएको छ ।

उक्त आयोगले बालुवाटारको जग्गा सरकारी भएको निष्कर्ष निकालेको छ। त्यो सरकारी जग्गा कसले कसरी व्यक्तिगत नाममा गरेको छ त्यसबारे सीआईबीलाई छानविन गर्न दिनु र मुलकभर यस्ता जग्जा धेरै भएकाले तिनको पनि छानबिन गर्न आयोगले सुझाव दिएको थियो।

२०१७ सालमा राजा महेन्द्रले सैनिक ‘कू’ मार्फत् सत्तामा आएपछि कांग्रेस नेता सुवर्णशमसेर राणा र उहाँका छोरा कञ्चनशमशेर राणाको नाममा रहेको १४ रोपनी जग्गा राज्यविरोधी काम गरेको आरोपमा पञ्चायती व्यवस्थाको सरकारल जफत गरेको थियो। उनको परिवारकै नाममा रहेको २८५ रोपनी जग्गा भने २०२१ सालमा सरकारले मुआब्जा दिएर अधिग्रहण गर्यो।

बाँकी रहेका ११३ रोपनीमध्ये धेरै जग्गा भूमाफियाहरूले कानुन उल्लंघन गरी मालपोतका कर्मचारीलाई मिलाएर आफ्ना नाममा नामसारी गरेका छन्। यही ११३ रोपनीमध्यको ८ आना जग्गा आफ्नो नाममा नामसारी गरेको भनेर अहिले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पनि यो विवादमा मुछिएका छन्। उनले लिएको भनिएको उक्त जग्गा उनका छोरा नवीनको नाममा छ। नेपाल समाचारपत्र दैनिक

ताजा भिडियो

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |