अर्बौं रुपैयाँको जग्गा जालसाजी गरी बेच्ने महन्त बैकुण्ठदास पक्राउ

२० मङ्सिर २०७५
banner

जनकपुर । हजारी जनक विद्यापीठको अर्बौं रुपैयाँको जग्गा जालसाजी गरी बेच्ने महन्त बैकुण्ठदास काठमाडौंबाट पक्राउ परेका छन्।

संस्कृत विश्वविद्यालयअन्तर्गतका हजारी जनक विद्यापीठको अर्बौं रुपैयाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा अदालतले पक्राउ वारेन्ट जारी गरेपछि फरार रहेका रत्नसागर मठका महन्त बैकुण्ठ दास पक्राउ परेका हुन् । 

उनलाई काठमाडौंको बागबजार एरियाबाट नियन्त्रणमा लिईएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) हरी बहादुर पालले जानकारी दिए ।

जग्गा जालसाजी प्रकरणमा धनुषा प्रहरीले खोजी तीब्र बनाएपछि फरार भएका महन्तलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बागबजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको बताईएको छ।

२ अर्बभन्दा बढी मूल्यको जनकपुरधाम उपमहानगरपालिका वडानम्बर ८ को अढाइ बिघा गुठी जमिनको कीर्ते जालसाजी गरी बैकुण्ठ दासले विक्री गरेका थिए।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l