७०५ वर्षपछि ‘श्रीराम तारकब्रम्ह महायज्ञ’को आयोजना हुँदै 

२७ पौष २०७५
banner

काठमाडौं।  नेपालमा पहिलोपटक श्रीराम तारकब्रम्ह महायज्ञ हुने भएको छ।  शुक्रबार जगत गुरु रामानन्दाचार्य सेवा पिठ सुनसरी तथा महायोगी सिद्धबाबा आद्यात्मिक प्रतिष्ठान भक्तपुरले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आगामी माघ २६ देखि फागुन ७ गतेसम्म सुनसरीको चतराधाममा पहिलोपटक महायज्ञ गर्न लागेको जानकारी दिएको हो। 

१००८ बैष्णव डा.कृष्णदास महाराजले राष्ट्र, राष्ट्रियता र आत्म, आत्मियतासहितको मानव समुदाय विकसित हुनुपर्ने धारणा राखेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृति नेपालीहरुको पहिचान भएको बताउँदै उनले भने,‘हामी नेपालीहरुले आफूलाई चिन्न छोड्दैछौं, अरुको प्रगतिमा दास हुन जादैछौं, जुन कुरा नेपालीको लागि महाघातक छ, समयमै आफूभित्र नेपालीपन खोज्नुपर्छ।’ 

सबैभन्दा पवित्र कर्म कृषि रहेको भन्दै डा.कृष्णदास महाराजले भने, ‘नेपाल कृषिप्रधान देश हो। तर, हामीले ८० प्रतिशत अन्न किनेर खानुपर्ने स्थिति छ, हाम्रो जीवनशैली कृषि हो, कृषि पेशा छोडेर अन्यत्र जाने काम भईरहेको छ, कृषिजस्ता पवित्र कर्म अरु कुनै छैन्, कृषकलाई निरोगी बनाउँछ, अरुलाई पाल्न सक्ने पेशा यही कृषि हो, हामी हरित क्रान्तिमा जुटि रहेका छौं, हरित गृहमा बायुमण्डीलीय प्रभावलाई रोक्न र प्राकृतिक सम्पदाको अविवेकपूर्ण दोहनबाट जोगाउमा सबैले ध्यान दिनुपर्छ।’ 

डा.कृष्णदास महाराजले जात, पात उच निचरहित जीवन जिउन मानव एक भएर बाँचौं भन्ने हिन्दुधर्मको मुल मन्त्र भएको भन्दै यसलाई कुनै व्यक्ति वा संस्थासँग जोड्न नमिल्ने बताए। 

कार्यक्रममा जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले श्रीराम तारकब्रम्ह महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताए। 

उनले भने, ‘७०५ वर्षपछि नेपालमा पहिलोपटक ‘श्रीराम तारकब्रम्ह महायज्ञ’को आयोजना हुँदैछ, हरित नेपाल, स्वस्च्छ नेपाल, स्वालम्बी नेपाल, समृद्ध नेपाल र संस्कारी नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ को लागि गत महाशिवरात्रीदेखि देश विदेशमा रहेका १२०० साधक साधिकाहरुले कुल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन्।’

उनले अघि थपे, ‘महायोगी सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज प्रधान संकल्पकर्ता रहनुभएको यो महायज्ञ जगद्गुरु रामानन्दाचार्य सेवा पीठ वराहक्षेत्र चतराधाममा आगामी २०७५ माघ २७ वसन्त पञ्चमीदेखि सूरुभई २०७५ फागुन ७ गतेसम्म महायज्ञ लाग्ने संकल्पकर्ता रहनुभएको यो महायज्ञ जगद्गुरु रामानन्दाचार्य सेवा पीठ वराहक्षेत्र चतराधाममा आगामी २०७५ माघ २७ वसन्त पञ्चमीदेखि सुरु भई २०७५ फागुन ७ गतेसम्म महायज्ञ लाग्नेछ।’ 

जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तिवारीले भने, ‘आगामी माघ २५ गते वृहत शोभायात्राबाट हुने यस महायज्ञ र नवनिर्मित अतिथिगृह समेतको उद्घाटन हुनेछ, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाम सुनसरी चतरामा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट हुनेछ।’

करिब ८ करोडको आर्थिक लागतमा सम्पन्न हुने महायज्ञमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित दुई हजार पाँच सय अतिथिहरुको उपस्थिति रहनेछ । 
 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l