महेन्द्र राजमार्ग व्यक्तिको नाममा ‘पास’

२२ माघ २०७५
banner

रौतहट। ५३ बर्षअघिको महेन्द्र राजमार्गको जमिन नै ब्यक्तिको नाममा पास भएको खुलासा भएको छ। पूर्व पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले ब्यक्तिको नाममा पास गरेको खुलासा भएको हो।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजश्व रकम समेत चुहाबट हुने गरेको रहस्य खुलेको छ। राजमार्गसंग जोडिएको जमिनको राजश्व र राजमार्ग नभएको जमिनको राजश्व फरक रहेको छ । यसैकारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाइकनै जमिन कायम गर्ने गरेको पाइएको हो ।
चन्द्रनिगाहपुरभित्र पर्ने पुर्ब पश्चिम राजमार्गको अधिकास भुभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले ब्यक्तिसंग मोटो रकम लिने गरेको आरोप समेत रहेको छ । पूर्व पश्चिम लोकमार्ग २५ र सहायक मार्ग १५ मिटेर छाडेर मात्र नापी कार्यालयले किताकाट गर्नुपर्नेमा त्यसो नगरिकनै रजिष्ट्रेसन पास गराउन सिफारिस गर्ने गरेको खुलेको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पुर्ब पश्चिम राजमार्गको जंगलछेउदेखि चा“दिपुलसम्म र गौर चन्द्रनिगाहपुर खण्डका अधिकास सडकको भाग घडेरीको रुपमा नापी कार्यालयले पास गर्न सिफारिस गर्ने गरेको खुलेको हो । किताकाट नगरिकनै पठाउनु भनेको रजिष्टे«शन गर्न सिफारिस गरेको सो सरह रहेको स्थानीयको भनाइ छ ।

अन्तर्राष्ट्रिय मार्गको रुपमा परिचित लोकमार्गलाई भूमाफियाको मिलेमतोमा सडक बिभागले तोकेको मापदण्डबिपरित ब्यक्तिको नाममा पास गराउन सहयोग गर्नु आपतीको बिषय रहेको नागरिक समाजका अगुवाले बताउने गरेका छन ।

सडकको क्षेत्रफलको किताकाट गर्नु भनेर कुनै किसिमको पत्र नआएकोले सम्सी किता पास गर्ने गरेको नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख संजयकुमार साहले बताए। नापी कार्यालयको कित्ताकाटका आधारमा मालपोत कार्यालय बाट रजिष्ट्रेसन पास हुदै आएको छ। सडकको जमिनसमेत पास गरेको बिषयमा नापी र मालपोत कार्यालयले एक अर्का लाई दोष देखाउने गरेका छन्।
ब्यक्तिको नाममा राजमार्गनै पास हुन थालेपछि डिभिजन सडक कार्यालय रौतहटले पूर्वको बा“के जंगल र पश्चिममा धन्सार सम्मको राजमार्गको लालपूर्जा मगाएको छ ।

उता चन्द्रनिगाहपुरमा रहेको देब आयल स्टोर्सले २४ धुर जमिन खरिद गरे पनि सडकको १४ धुर समेत पास गरेपछि यस्तो रहस्य खुलेको हो । उक्त जमिन बीरंगजका रबि कुमारले बिक्रि गरेका हुन । उनले आफनो नामको जमिन राजमार्गसहित पास गर्न सहयोग गरेका छन ।

सडकको जमिन नक्सामा खुलाइएको छ तर पनि अनधिकृत लाभको भरमा नापी कार्यालयले सडकको किताकाट नगर्ने गरेको खुल्न आएको हो । चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा ०२२ सालमा तत्कालिन राजा महेन्द्र शाहबाट सो सडकको उद्घाटन भएको हो । पुर्ब पश्चिम राजमार्ग झण्डै एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काकडभिटा (मेची नगर)देखि पश्चिम महेन्द्रनगरसम्म रहेको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले ब्यक्तिको नाममा राजमार्गनै पास भएको सुन्दा दिगभ्रमित भएको बताए। सडकको नियममा पुर्ब पश्चिम राजमार्ग ३१ मिटर भनिए पनि हाल २५ मिटर कायम गरिएको र बाँकीको ५ मिटरमा घरधनीले कुनै किसिमको संरचना बनाउन नपाउने हो। नेपाल समाचारपत्र दैनिक

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l