उदयपुरको लिम्ङचुङबुङमा पाँच दिने महोत्सव शुरु

२ बैशाख २०७६
banner

गाईघाट । उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–३ स्थित सातदोबाटे डाँडामा वैशाख १ गतेदेखि पाँच दिने लिम्चुङबुङ महोत्सव शुरु गरिएको छ।

उक्त गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गाउँपालिकामा बसोवास गर्ने विभिन्न जातजाति तथा भाषाभाषीका सांस्कृतिक पहिचान गराउने लक्षका साथ आइतबारदेखि पाँच दिने महोत्सव आयोजना गरिएको लिम्चुङबुङ पर्यटन विकास समितिका संयोजक ज्ञानबहादुर राईले बताए।

सो गाउँपालिकाले सञ्चालन गरेको उक्त महोत्सवको पहिलो दिन लिम्चुङबुङमा बसोवास गर्ने राई क्षेत्री, ब्रम्हाण, तामाङ, मगर तथा दलित जातिसँग सम्बद्ध सांस्कृतिक झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो।

यस्तै दोस्रो दिनदेखि किराँती राईको साकेला नृत्य, मगरजातिको सोरठी तथा हुर्रा नृत्य, तामाङ जातिको सेलो नृत्य, क्षेत्री तथा ब्राह्मण जातिको बालान नृत्य र दलित जातिको पञ्चैबाजा प्रतियोगिता गरिएको पनि उक्त समितिले जनाएको छ।

यस्तै स्थानीय जात, जातिको खानाको परिकार तथा स्थानीय क्षेत्रमा उत्पादित घरेलु बस्तु तथा सामग्रीसमेत महोत्सवमा प्रदर्शनीमा राखिएकाले यसबाट लिम्चुङबुङको सांस्कृतिक पहिचान राउन मद्दत मिल्ने र आन्तरिक तथा बाह्य पर्यटनको विकासमा समेत सहयोग मिल्ने गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए। 

समुद्री सतहदेखि दुई हजार ३५० मिटरको उचईमा रहेको सो गाउँपालिकाबाट उत्तरी क्षेत्रको आठवटा हिमाल अवलोकन गर्न सकिने र १ नम्बर प्रदेशसहित तराईका सातवटा जिल्लासमेत अवलोकन गर्न सकिने भएकाले पनि यो क्षेत्रमा १ नम्बर प्रदेशकै सबैभन्दा अग्लो ७५ मिटर उचाइको भ्यूटावर समेत निर्माण शुरु भएको गाउँपालिकाका अध्यक्ष राईले बताए।

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |