नेपालका लागि अर्को सफलता, २५ ओभरको खेलमा मलेसियाको ७ विकेट पतन

२ बैशाख २०७६
banner

काठमाडौँ । मलेसियामा जारी आईसीसी यू–१९ विश्वकप छनोटमा नेपाल र घरेलु टोली मलेसियाबीच कडा प्रतिस्पर्धा भईरहेको छ। 

अहिले २४ ओभरको खेलमा नेपालले ७ विकेट लिन सफल भएको छ भने मलेसियाले ८६ रन जोडेको छ। 

टस जितेर नेपालले फिल्डिङ रोजेको छ भने मलेसियाले ब्याटिङ गर्दै छ।

यसअघि दुई खेल खेलेको नेपाल एकमा हार र एकमा जितसहित २ अंक जोड्न सफल भएको छ। 

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको नेपाल दोस्रो खेलमा युएईसँग डीएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो। 

नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको यूएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोड्दा वर्षाले खेल रोकिएको थियो। 

आईसीसी यू–१९ विश्वकप छनोटमा आज भएको खेल डिसी नेपाल डटकमको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भईरहेको छ। 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |