नेपाली र नेवारी भाषापछि अब हिन्दीमा दीपक बज्राचार्यको ”मनमगन”

२३ आश्विन २०७५

banner

काठमाडौं। केही समय पहिला सार्वजनिक लोकप्रिय पप गायक दीपक बज्राचार्यको ”मनमगन” गीतले पछिल्लो समय धेरै राम्रो चर्चा पायो ।

”मनमगन”को नेपाली भाषामा निकै सफलता पाए पश्चात् गायक बज्राचार्यको सोही गीतलाई केशी समय अघि नेवारी भाषामा सार्वजनिक गरेका थिए । नेवारी भर्सनमा पनि मनमगन गीतलाई दर्शक श्रोताले निकै नै रुचाएपछि हालै मात्र दिपक बज्राचार्यले शो गीतलाई हिन्दी भर्सनमा पनि रिलिज गरेका छन् ।

गायक बज्राचार्यको हिन्दी भर्सन मन मगनलाई भारतको प्रतिष्ठित म्युजिक कम्पनी डिजिट्युन म्युजिकको युट्युबमार्फत सार्वजनिक गरेको हो । मन मगनलाई हिन्दीमा "मन का मगन" नाम दिइएको छ ।

यसरी नेपाली कलाकारको लोकप्रिय गीतलाई हिन्दी भर्सनमा प्रबर्द्धन तथा प्रचारप्रसारका लागि करोडौँको लगानी गर्नु नेपाली सङ्गीतकर्मी तथा सङ्गीत प्रेमीहरूका लागि खुसीको कुरा हो ।

नेपाली मौलिकता बोकेको गीत भारतीय सञ्चार माध्यमहरूबाट प्रचार प्रसारण हुनु नेपाली सङ्गीत क्षेत्रकै गौरवको विषय भएको छ भने केही दिन अघि त भारतीय चर्चित डान्स रियालिटि शो डान्स प्लसको सिजन ४ मा तीन नेपालीले मनमगनकै नेपाली गीतमा आफ्नो दमदार प्रस्तुती दिएका छन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष