खेलाडी नै कमजोर रहेको माउरिन्होको दावी

२० मङ्सिर २०७५
banner

एजेन्सी । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे माउरिन्होले खेलाडीको क्षमता माथि प्रश्न उठाएका छन् । बुधबार राति लण्डन क्लब आर्सनलसंग बराबरीमा रोकिएसंगै प्रशिक्षक माउरिन्होले क्लबका खेलाडीको क्षमतामाथि टिप्पणी गरेका हुन् ।

‘केही चिज छ । जुन चिज मैले उनीहरुबाट पाएको छैन’, माउरिन्हाले भनेका छन् ।

घरेलु मैदानमा म्यान युनाईटेड दुई पटक पछाडी परेको स्थितीलाई उल्ट्याएर बराबरी नतिजा निकाल्न सफल भएको थियो । प्रशिक्षक माउरिन्होले दुवै गोल खेलाडीको व्यक्तिगत गल्तीका कारण सम्भव भएको बताएका छन् ।

उनले भने, ‘हामीले खेल जित्न पर्ने थियो । तर हामीले दुई ठुला गल्ती गर्यौ । हामीले अन्य धेरै गल्ती ग¥यौ, जसले गर्दा उनीहरुलाई आक्रमण गर्न सजिलो बनायौ ।’

‘यो राम्रो संकेत हो । तर केही चिज छ, जुन खेलाडीबाट मैले पाएको छैन । म यो भन्दा बढी केही भन्दिन’, उनले थपे ।

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।