मनांगको विजयी शुरुआत

२६ आश्विन २०७५

banner

काठमाडाै‌ । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजलाई ३-१ ले हराएर मनाङले विजयी सुरुवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङले पुनरागमन जित निकालेको हो । मनाङको जितमा अफिज ओलावलेले दुई गोल गरे । यस्तै हेमन गुरुङको नाममा एक गोल रह्यो । ब्रिगेडका रजक तिवारीले एक गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता अग्रता भने ब्रिगेडले लिएको थियो । पहिलो हाफको २८ औं मिनेटमा रजक तिवारीको गोलबाट ब्रिगेडले सुरुवाती अग्रता  लिएको थियो । तर, ४७ औं मिनेटमा हेमल गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

त्यसपछि मनाङको जितमा नायक बने अफ्रिकन खेलाडी ओलावले । खेलको ५७ औं मिनेटमा ओलावलेले गोल गर्दै मनाङलाई २ - १ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा ओलावलेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३ - १ को जित दिलाए ।

जितसंगै मनाङले लिगको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । ब्रिगेडले भने अग्रता जोगाउन नसक्दा हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

मनाङ र ब्रिगेडको खेलसंगै जारी 'ए' डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »