परदेशीलाई परिवारसँग जोड्ने दशैं मनाऔं : मन्त्री विष्ट

२६ आश्विन २०७५

banner

काठमाडौं । हिन्दुहरुको महान चाड दशैंको रौनक सुरु भएसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले परदेशिएका सम्पूर्ण नेपालीहरुलाई आफन्त तथा परिवार सँग जोड्ने चाड दशैं र दशैंजस्तो चाड मनाउन आवश्यक भएको बताएका छन् । 

शुक्रबार श्रममन्त्रालयले आयोजना गरेको दशै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री विष्टले यस्तो बताएका हुन् । 

मन्त्री विष्टले भने, ‘दशैंजस्ता चाडले परदेशिएका र परिवारसँग टाढिएका नेपालीहरुलाई एक हिसाबले नजिक बनाउने काम गर्छ, परिवारका सदस्यहरुबीच दुखसुख साट्न सकिने वातावरण सिर्जना हु्न्छ त्यसैले दशैं र दशैंजस्ता चाडको निकै महत्व  छ ।’

उनले दशैंको आफ्नै किसिमको साँस्कृतिक महत्व भएको भन्दै मानवीय भावना र सम्बन्धलाईसमेत दशैँले मजबुत बनाउने तथा वर्षौ वर्षसम्म भेट नभएका परदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई समेत एकै ठाउँमा जोड्ने बताए ।  

दशैं मनाउनकै लागि भनेर विभिन्न देशमा रहेका नेपालीहरु घर फर्किने गर्छन् । ‘परदेशमा वर्षौ वर्ष दुख गरिरहेका नेपालीहरु पनि दशैंजस्ता चाडले दुख विर्सिएर खुसी हुने अवसर पाउँछन्’, मन्त्री विष्टले भने । 

परदेशीएका नेपालीहरुलाई नेपालमै रोजगार तथा स्वरोजगारका वातावरण सिर्जना गरि केही वर्षपछि नेपालीहरु बाध्यकारी वैदेशिक रोजगारमा जानुनपर्ने वातावरण सिर्जना गर्न सक्दो पहल गर्ने समेत उनले बताए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष