युट्युबमा सार्वजनिक भएको ३ दिनमै 'मेरी मामु' युट्युबको ट्रेन्डिङ नम्बर ३ मा (पूरा फिल्म)

२९ पौष २०७५
banner

काठमाडौँ। नेपाली चलचित्र मेरी मामु युट्युबमा सार्वजनिक भएको ३ दिनमै ट्रेन्डिङ नम्बर ३ मा पुग्न सफल भएको छ ।

बाल मनोविज्ञानमा पारिवारिक कथा बोकेको चलचित्र "मेरी मामु" युट्युबमा सार्वजनिक भएको केही दिन मात्र भएको छ। बुढासुब्वा डिजिटलको युट्युबमार्फत चलचित्रलाई शुक्रबार युट्युबमा रिलिज गरिएको हो। तर रिलिजको तीन दिनमा नै यस फिल्म युट्युबको ट्रेन्डिङ नम्बर ३ मा परेको छ ।

चलचित्रलाई दर्शहरुले निकै रुचाएका छन् भने यो रिपोर्ट तयार पार्दा सम्म मात्रै यस चलचित्रलाई ७ लाा बढीले हेरिसकेका छन् भने मनपराएको जनाउने १८ हजार बढी पुगिसकेका छन् । चलचित्र हेर्न क्रम अझै तिव्र रुपमा अगाडि बढीरहेको छ ।

चलचित्र मेरी मामुलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माता सन्तोष सेनका ७ वर्षीय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका छ ।

यसअघि लभस्टोरी ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ जस्ता लभस्टोरी जनरामा आधार रहेर चलचित्र निर्माण गर्दै आएको आशुषेन फिल्मसले "मेरी मामु"मा विशेष कथा उठाएको छ।

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |