रोनाल्डोको खेल देखेर मेस्सी चकित

३० फाल्गुन २०७५
banner

एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडविरुद्धको खेलमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले गरेको प्रर्दशनले आफु चकित बनेको बताएका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गरेपछि एट्लेटिकोलाई ३–२ ले हराएर युभेन्ट्सले क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

एट्लेटिकोको डिफेन्स क्लब फुटबलमै सर्वाधिक बलियो डिफेन्स मानिन्छ । तर, रोनाल्डोले एट्लेटिकोको डिफेन्स सहजै ध्वस्त बनाए। उक्त ह्याट्रिक प्रदर्शनपछि मेस्सीले रोनाल्डोको जादुमयी प्रदर्शनबाट आफु छक्क परेको बताए ।

‘क्रिस्टियानो र युभेन्ट्स अति उत्तम छ । यो एउटा ठूलो आश्चर्य हो किनभने मैले सोचेको थिए एट्लेटिको बलियो छ,’ लियोनविरुद्धको खेलपछि मेस्सीले भने, तर, क्रिस्टियानोको जादुमयी ३ गोलमा युभेन्ट्सले उनीहरुलाई पराजित गर्यो।’ 

रोनाल्डोले ह्याट्रिक गरेपछि युभेन्ट्सले पहिलो लेगमा २–० ले पछि परेको स्थिति उल्टाएर ३–२ जितसहित अन्तिम आठको यात्रा तय गरेको थियो ।

यस्तै मेस्सीले अन्तिम आठको ड्रबाट आउने प्रतिद्वन्दीबारे नसोचेको बताए ।

‘सबै प्रतिद्वन्दी कठिन हुन्छन्  । हामी छान्न सक्दैनौ’ मेस्सीले थपे, ‘हामीले ड्र पर्खनु पर्दछ र हाम्रो प्रतिद्वन्दी को हुनेछ ।’

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |