मेस्सीले निकाल्न लागेका खेलाडीलाई पिएसजी ल्याउन नेइमारको दबाब

१ जेठ २०७६
banner

काठमाडौं। च्याम्पियन्स लिगको सेमिफाइनलमा राम्रो प्रदर्शन गर्न नसकेपछि बार्सिलोनाका ब्राजिलियन स्टार फिलिप कोटिन्होलाई बार्सिलोनाले बेच्न लागेको खबर सार्वजनिक भएको छ । मुख्य गरी बार्साका कप्तान लियोनेल मेस्सीले उनीसँगै इभान राकिटिक र सामुएल उम्टिटीलाई बेच्न बार्सिलोनालाई भनेको अन्तर्राष्ट्रिय मिडियामा खबर आएको थियो । यही बीचमा कोटिन्होलाई किन्न नेइमारले आफ्नो क्लव पिएसजीलाई दबाब दिएको समाचार सार्वजनिक भएको छ । 

नेयमार र कोटिन्हो ब्राजिलको राष्ट्रिय टिमबाट सँगसँगै खेल्छन् र यी दुईबीच नजिकको मित्रता पनि छ । यही कारण पनि नेइमारले कोटिन्होलाई किन्न दबाब दिएको बताइएको छ । पेरिस युनाइटेडका अनुसार आफूलाई जस्तै कोटिन्होलाई पनि बार्सिलोनाबाट पिएसजी ल्याउन नेयमारले भनेका छन् । कोटिन्होलाई बार्साले लिभरपुलबाट आकर्षक मूल्य दिएर ल्याएको थियो यद्यपि अहिले भने उनको उचित मूल्य पाएमा बेच्न तयार छ । 

आफ्ना स्टार नेइमारलाई खुसी राख्न पिएसजी यो डिल गर्न तयार हुने अनुमान गरिएको छ । कोटिन्होका एजेन्टसँग क्लवको राम्रो सम्बन्ध भएकोले यो डिल हुन सक्छ । अर्कोतर्फ बार्सिलोनासँग पिएसजीको सम्बन्ध भने निकै बिग्रिएको छ जसले यो डिल बिगार्न सक्छ । विगत केही सिजनमा यी दुई क्लव थिएगो सिल्भा, मार्को भेराट्टी, एड्रिएन राबियोट र स्वयं नेइमारका लागि पनि भिडेका थिए । यद्यपि राम्रो पैसाको अफर आएमा त्यसले बार्सालाई लोभ्याउन पनि सक्छ ।

ताजा भिडियो

‘लप्पन छप्पन २’ को सुटिङमा हाकुकालेको धमाकेदार इन्ट्री | Saugat Malla | Haku Kale |

कर्मचारीलाई कुचो र लौरो लगाउने सरकार प्रवक्ताको कडा अभिव्यक्ति । Gokul Baskota l

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |