मेस्सीले जिते छैटौंपटक गोल्डेन बुट, बनाए यस्तो इतिहास

११ जेठ २०७६
banner

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले करिअरको छैटौं पटक युरोपेली गोल्डेन बुट जितेका छन् । युरोपको लिगहरुमध्येका सर्वाधिक गोलकर्तालाई प्रदान गरिने अवार्ड मेस्सीले लगातार तेस्रो सिजन हात पारेका हुन् ।

मेस्सीले गोल्डेन शु अवार्ड लगातार तेस्रो बर्ष जित्दै कीर्तिमान बनाएका छन् भने समग्रमा ६ पटक गोल्डन शु जित्दै मेस्सीले अर्को इतिहास रचेका छन्। गोल्डेन शु अवार्डमा सर्वाधिक बढी कब्जा जमाउने खेलाडीमा मेस्सीपछि युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले चार पटक यस अवार्ड उचालेका छन् । तर, यस सिजन रोनाल्डो निकै पछि रहेका छन् ।

मेस्सीले स्पेनिस ला लिगाका ३४ खेल खेल्दै ३६ गोल गरेका हुन् । दोस्रो स्थानमा रहेका पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पेभन्दा यो संख्या ३ गोल बढी हो । पीएसजीले शुक्रबार राती भएको लिगको अन्तिम खेलमा राइम्ससँग ३–१ को हार बेहोर्दा एमबाप्पेले १ गोल मात्र गरेपछि मेस्सीको उपाधि पक्का भएको हो ।

मेस्सीको लगातार तेस्रो जित हुँदा स्पेनिस ला लिगाबाट विजेता घोषित भएको भने यो लगातार ११ औं सिजन हो । यसअघि सन् २००७/०८ मा क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट खेल्दै ३१ गोल गर्दा उक्त अवार्ड जितेका थिए । त्यसयता स्पेनिस लिगका खेलाडीले नै उपाधिमा दवदवा कायम गरेका छन् ।

मेस्सी उमेरका हिसाबमा यस उपाधि जित्ने दोस्रा पाका खेलाडी बनेका छन् । मेसीले ३१ वर्ष, ११ महिना र २५ दिनको उमेरमा गोल्डेन बुट जिते । यसअघि सन् १९९० मा ह्युगो सान्चेजले उनलेभन्दा १ महिना १ दिन बढी उमेरमा उपाधि जितेका थिए ।

मेस्सीले गोल्डेन बुट हात पारेपनि अहिले उनको दिमागमा च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध खेलले नै स्थान लिएको बताए । ‘मैले गोल्डेन बुट बारे सोचेको छैन । मेरो दिमागमा त्यसबारे केहि छैन । म अझै लिभरपुलसँगको हारबारे सोचिरहेको छु । म आफ्नोबारे पनि सोचिरहेको छैन, ‘ उनले भने ।

मेस्सीले शनिबार हुने कोपा डेल रे को फाइनल झनै महत्त्वपूर्ण रहेको बताए । ‘ यो फाइनल खेल हो । यो जित्न सकेनौं भने हामी अहिले भन्दा खराब अवस्थामा पुग्नेछौं ,’ उनले भने ।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli