एक रुमानी रात

२७ माघ २०७५
banner

मिलनकान्छा किराँती

चिसोले बिस्तारै निल्दै गरेको सहर। खस्दै गरेको साँझको पातलो पर्दा। दिनभरिको थकान। गहँ्रुगो ज्यान। तर, हलुँगो मन। विविध कार्यक्रमले थकित शरीर। घिसार्दै तलैतल्ला सिंढी चढाइयो। विल्डिङ टपमा पु¥याइयो। जहाँ छ–चौतारी रेष्टुराँ। एक नयाँ रेष्टुराँ। कोरिया सौल दोङ्देमुनमा छ–यो। राजधानी सौलको दोङ्देमुन मिनि नेपाल हो। जहाँ बाटोमा हिड्नूस्। पाइलापिच्छे एक न एक नेपालीसँग कुम ठोक्किन्छ। झिलीमिली रङ्गीन वातावरण।

रेष्टुराँभित्र आप्रवासी नेपालीको बाक्लो उपस्थिति। इतर साहित्य समाजको सम्मान कार्यक्रम। नेपालबाट आईपुग्नु भएकी नायिका÷मोडल लक्ष्मी योङ्हाङलार्ई सम्मान हुदैछ । सम्मान कार्यक्रम भव्य बन्यो। छोटो तर रोचक। छिट्टै सकियो।

सम्मान र केही सृजना श्रवणपछि कार्यक्रम अनौपचारिकतिर गयो। जो बडो मज्जाको थियो। सौलको जाडो यस्तो थियो कि बाहिरीकोटले थाम्नै गाह्रो। धेरैले भित्रिकोट लगाउन थालिसकेका थिए। एककुनामा कवि यल्जी विवश, सङ्गीतकार डिआर अटु र मलगायत केही साथीहरु गिलास ठोक्काउन थाल्यौँ। मैले जुसको गिलास उचालेर खम्पाई गरिरहेको थिएँ। बेलाबेला गीतकार शकुन आँसु, इत्तर आयमेली कवि पराजित पोमु र मातृका नेम्बाङ साथ दिन आईपुग्थे। गीतकार उत्तम खजुम घरिघरि झुल्किन्थे। उनको छुट्टै ठेक्का मिलेको छ–कार्यक्रम सञ्चालन गर्ने। उनी गज्जब चलाउँछन्–कार्यक्रम।

कोरियामा विशेषतः तीन विदा हुन्छ। तीनमा एकः छुसक–नेपालीको दशै–तिहारजस्तै ठूलो चाडको विदा। दुईः यारम ह्युगा–अत्यधिक गर्मीका कारण दिइने विदा। तीनः सलनाल–चाइनिज लुनार क्यालेण्डरको नयाँ वर्ष विदा। यि तीनओटै विदा सरदर तीनदेखि पाँचदिनको हुन्छ। यो एकरातको सम्झना सलनाल चाडको हो। रात चिसोसँग छिप्पिदै छ। हामी सौल दोङ्देमुन हल्लाईरहेछौँ। चौतारी रेष्टुराँ ह्याप्पी बनाईरहेछौँ–निरन्तर।

दिउसो दिनभर नेपाल हाउसतिर टहलिएँ। मुक्तक प्रतिष्ठानले बृहत साहित्य मेला आयोजना गरेको थियो। त्यतै हराएँ। रमाईलो भयो। विदा अवधिभर जताततै कार्यक्रम। जताततै निम्तो। एउटाकोमा गयो। अर्को रिसाउँछ। अर्कोकोमा गयो। झन अर्को रिसाउँछ। कतै गएन। कोहि रिसाउँदैन। यो फर्मुला खूब फिट हुन्छ–मेरो लागि। बरु, होस्टलमै बस्यो। मीठोमीठो खायो। केहि नयाँ पुस्तक पढ्यो। क्या आनन्द! तर, यसपटक यो फर्मुलाले काम गरेन।

साहित्य मेलामा पुग्नैपर्ने उर्दी थियो–मुक्तक प्रतिष्ठान कोरिया शाखाको अध्यक्ष प्रिय भाइ रामचन्द्र शर्माको। उनले चारहप्ता अघि नै प्रमुख अतिथिको पत्र थमाएका थिए–मलाई। साहित्यिक कार्यक्रम भनेपछि हुरुक्कै हुने मान्छे–म। जसरी नि जान्थेँ हुँला। तर, उनको पत्रले झन घिसारेरै पु¥यायो। त्यहाँ गएँ। मज्जा आयो। गज्जब भयो। मप्रति वहाँलगायत कोरियाका सम्पूर्ण साहित्यिक र अन्य सङ्घ–सङ्स्थाको जो सम्मान छ, सबैलाई हृदयदेखि सलाम छ ! सबैको माया र सम्मान सञ्चित गर्न सकुँ। यहि छ आफैप्रति एउटा शुभेक्षा।

त्यो कार्यक्रम सकिएपछि आलोए माइन भवनको चौथो तल्लामा अन्राष्टिय नेपाली समाजको कार्यक्रममा पुग्नु थियो। पटकपटक फोनको घण्टी बजिरहेको थियो। वहाँहरु आईदिन आग्रह गर्दै हनुहुन्थ्यो। दोडेर गएँ। अन्तिममा पुगेँ। भ्याएँ। खुशी लाग्यो। त्यसपछि, एउटा राजनितिक कार्यक्रम भ्याएपछि चौतारी रेष्टुराँमा पुगेको हुँ। हामी जमिरहेका थियौँ। सुकुटी, सोजु (कोरियन रक्सी) र जुसको त्रिवेणी। गिलास ठोक्काउने र रित्याउने क्रम जारी छ–खम्पार्ई अर्थात चियर्स! चिसो गायब। गर्मी सुरु! माइनस नौ डिग्री सेल्सियस्को गर्मी। मबाहेक सबैले ज्याकेट खोले। कोट खोले। भित्रीकोट फिट भएछ क्यारे!

भित्तामा झुण्डिएको घडी हेरेँ। कालो ठूलो सुईले एघार घोचिरहेको थियो। हामी निस्कियौँ। नेपालबाट जति पनि साँस्कृतिक कार्यक्रमका लागि कलाकार आउनुहुन्छ, सौलमा वहाँहरुलाई प्रायः राखिने ठाउँ वाटिका हो। लोकेशन सजिलो, शान्त र सेन्टर छ–होटल वाटिका। हामी त्यतै लाग्यौँ। इतर साहित्य समाज शीर्षविन्दु पराजित पोमु, नेपाली साहित्य समाज द.कोरियाका अध्यक्ष यल्जी विवश, सङ्गीतकार डिआर अटु, गीतकार शकुन आँसु, सुनिल दीप्त राई, सुष्मा रानहँमा, उत्तम खजुम, दीपा मेहावाङ राई, कवि मातृका नेम्बाङ, कृष्ण किरात, गायक वसन्त नाछिरिङ, रमेश श्रेष्ठलगायत थुप्रै सर्जकहरु होटलतिर सोझियौँ।

दोङ्देमुन सौलको बाटो, सडकभरि चिसो खादै बल्लतल्ल वाटिका पुग्यौँ। घरि बाहिर, घरि भित्र। कहिले को हराउँछ! कहिले को कता जान्छ! मान्छे खोज्दाको सास्ती। पर्खिदाको सास्ती। अत्यास लाग्दो आहोर–दोहोर। समुहमा हिड्नुको मज्जा भनौँ या झन्झट। होटलको भुईँतलामा पर्खा–पर्खी ग¥यौँ। केहीबेरमा सबै भेला भए। बल्ल लिफ्ट चढ्यौँ। पाचौँ तला उक्लियौँ। सुनिल दीप्त राईले पहिल्यै बुकिङ गरेको रुम नं. पाँचसय दसमा छि¥यौँ। उनी राम्रा गीतकार लाग्छ–मलाई। उनको गीतहरु बजारमा चर्चित छन्।

थप कोठा पनि बुक भए। सुत्नुअघि एकचरण सबै गफिने प्रस्ताव डिआर अटुको आयो। उनी अहिलेका व्यस्त सङ्गीतकार। चर्चित पनि उत्तिकै। धेरै हिट गीतहरु दिइसकेकाछन। उनको निश्छल हाँसो। मिलनसार व्यवहार। ख्याल÷ठट्टा र हाँसी मजाक गर्न अधिक रुचाउने मान्छे। सबैको प्रिय। उनको यो प्रस्ताव सर्वसम्मतले पारित भयो। कविता खाने कविता ओकल्ने। फ्याट्ट यल्जी विवशले बोले। गललल्ल हाँसो गुञ्जियो। उनी राम्रा कवि÷गीतकार हुन् । बजारमा पछिल्लो समय मेलिना राईले गाएकी काँडाले घोच्ला विस्तारै जाउ बोलको गीत निकै चर्चामा छ। श्रोतामाझ निकै लोकप्रिय छ–उनको गीत।

उनको कविताको विम्व मेक्जु थियो। मेक्जु (कोरियन बियर) हो। बियर खाने, कविता वाचन गर्ने। उनको यो आशय बुझ्न समय लागेन। सबैले बुझे। हाँसो रोकिएको थिएन। शपिङ ब्याग खोलेर अटुले भन्यो, लु है (जम्बो बियरको बोत्तल निकाल्दै) यो कविता। उनले पाँच, छ बोत्तल निकाले। भुईँमा ठड्याए। शकुन र दीपाले छोङ्गी कप (कागजको गिलास) मा हाल्न थाले। गजल, मुक्तक र हाइकु पनि छन् है। यसो भन्दै उनले थप अरु कोरियन रक्सी सोजु, फलफूलको जुस र स्प्राईट, कोक निकाल। हाँसोको भोल्युम थप बढ्यो। अब भने प्रियमान्छे अटुले मलाईसमेत छाडेनन्। सोजु वा मेक्जु नभए खम्पाई÷चियर्स नगर्ने शर्त तेस्र्याए। मैले मेक्जु समातेँ। सबैले ठोक्कायौँ। भन्यौँ–खम्पाई÷चियर्स! रात छिप्पिदै थियो। आईफोनको लक स्क्रीनमा बूढीऔंला राखेँ। ठूलो अङ्कमा दुई बीस देखाईरहेको थियो।

सबैले आत्मकथा सुनाउनुपर्ने कुरा आयो। साहित्यमा किन लागियो? कोरिया आउन किन विवश भइयो? आफ्ना वाल्यकाल कसरी बित्यो? जीवन भोगाईमा  अहिलेसम्मका केही विशेष किस्सा सुनाउन सबै तयार भए। क्रमशः सुनाउन थाले। इतर आयमेली कवि पराजित पोमु उहिले लिम्बु गाउँमा लिम्बुनीको लभ कथा सुनाए। त्यो बाँस साहित्यको सन्दर्भ थियो। कथा रोचक थियो। आफ्ना गाउँका छोरीचेली र पराई गाउँको केटाबीचको मायाप्रेमले निम्त्याएको सङ्कट कथाभित्र समेटेका थिए। सामाजिक सञ्जाल आउनुअघि प्रेमि–प्रेमिकाले मायाप्रेम पोख्ने एउटा थलो बाँसको बोट पनि हो।

कस्ता मीठामीठा साहित्यका शब्दहरु मायालुको खातिर बाँसको लोभलाग्दो बोटमा ढुङ्गाले खोपिन्थ्यो। उनले असाध्यै सरल र सहज बाँस साहित्यको प्रशङ्ग जोडेका थिए। पछिल्लो चरण केही चर्चामा रहेको ट्रक साहित्यजस्तै बाँस साहित्य पनि हो। तर, यसको खोजमा कसैको ध्यान गएको पाइदैन। पराजित पोमु लेप्मुहाङको डुङ्गा कृतिका सर्जकसमेत हुन्। पहिचानवादी राम्रा कविता लेख्छन्।

सङ्गीतकार डिआर अटुको वालप्रेम कथा रोचक थियो। मास्टरको छोरी ताकेको। तर, मनको कुरा भन्न नसकेको। छोरीभन्दा आमाले बढी हेरेको। यो प्रशङ्गले खूब हँसायो। कुरा बुझ्दा के परेछ भने ज्वाई बनाउन हेरेको रहेछ। अटुले आफ्ना केही सङ्गीत र जीवन सङ्घर्षका मार्मिक कथा सुनाए। सबैलाई भावुक बनाए। कवि मातृका नेम्बाङको गम्बुट डेटिङ कथा अत्यान्त रोचक थियो। सबैले पुस्तकको आकार दिन सुझाए। गीतकार शकुन आँसु चाहिँ खूब पत्रमित्रतामा रुचि राख्थे रे। अनि, रेडियोको एक असल र नियमित श्रोता पनि। उनले पत्रमित्रता गर्दा मित्रहरुको पत्र पठाउँन गाउँको आफ्नो पसलको चानचुन पैसा, ढ्याक÷डब्बु पैसा सबै रित्याएको रोचक कथा सुनाए। डब्बु पैसा जति चिठीको खाम र टिकटमा जान्थ्यो। उनले मुस्कुराउदै भनिन्, मेरो साहित्यको प्रेरणाको श्रोत उहाँहरु नै हनुहुन्छ। शकुनको पछिल्लो गीत जुनको माया लगाएछु आकाशैमा बसिगयो, फूलको माया लगाएछु ओइलाएर खसिगयो अत्यान्त चर्चित छ। उनी एक कुशल कवि पनि हुन्।

हाँसी हाँसी बाँच प्रिय बोलको अत्यान्त लोकप्रिय गीतका सर्जक दीपाले आफ्ना जीवनका एक किस्सा सुनाए। अत्यान्त हृदयविदारक। आफ्ना बाबाको रहस्यमय दुर्घटनाबारे साह्रै मार्मिक प्रस्तुत गरिन्। पापा नभए पनि यस लोकमा आफ्ना आमा र मामाको साथले आफ्नो जीवन सार्थक रहेको सङ्घर्षशील कथा साँच्चै मननीय थियो। नर्ससमेत अध्ययन गरिसकेकी वेरोजगारका कारण परिवारको गर्जो टार्न कोरिया छिर्नु परेको अत्यान्त कारुणिक कथा उनको मात्र होइन। हामी सबैको थियो। सबैको आँखा रसाए। विहानको चार बजेको हुँदो हो–केहि साथीहरु थपिए। नाचगान शुरु भयो। अटुको माया हजुर बोलको गीतमा सबै नाचे। झुमे।

दीपा र शकुन अर्कौ रुममा सुत्न गए। कोही साथीहरु ओछ्यानमा ढलिसकेका थिए। हामी पनि ओछ्यानमा लड्यौ। यल्जी, म र अटु एकठाउँ लड्यौँ। पराजित, मातृका र अरु अर्कोतिर लडे। रमेशले कृष्णलगायत अरु साथीहरु रहेको अर्को रुममा सुत्ने किन प्रस्ताव ग¥यो? यसको रहस्य विहानको साढेएघार बजेतिर मात्रै खुल्यो। किन कि, उ घुर्दो रहेछ। डिस्टर्ब हुन्छ भनेर अर्को रुम छिरेको। त्यहाँ त झन सबै घुर्नेमात्रै भेटेछ। अनि, भएन त मज्जा! त्यो एकरात अत्यान्त रोचक भयो। यादगार रह्यो।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l