आयोजना निर्माणमा स्थानीयको समस्यालाई पहिलो प्राथमिकता : मन्त्री पुन

१ चैत्र २०७५
banner

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आयोजना निर्माणका क्रममा प्रभावित क्षेत्रका स्थानीयको समस्यालाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन्।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा २५ मेगावाट भन्दा माथिका आयोजनाका प्रबद्र्धकहरुसंगको छलफलमा उनले प्राकृतिक र भौगोलिक सुन्दरतामा आँच नपुग्ने गरि निर्माण कार्य गर्न सचेत गराएका हुन्। उनले पर्यटकीय उच्च सम्भावना बोकेको मुलुक भएकाले त्यस तर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औल्याए।

लगानीकर्ता, स्थानीय र सरकारी निकायबीचको आवश्यक समन्वयन हुन नसक्दा अन्तराष्ट्रिय जगतमा नेपालमा लगानी मैत्री वातावरण छैन भन्ने संदेश पुग्ने गरेको भन्दै उनले सरोकारित निकायबीच समन्वय र छलफल गरि समस्याको समाधान खोज्नुपर्नेमा उनले जोड दिए।

उनले आयोजना निर्माणमा देखिने समस्याको दीर्घकालिन सम्बोधनका लागि सरकारले पनि आवश्यक नीतिगत सुधार गर्दै लैजाने विश्वास दिलाए।उनले कृषिमा आत्मनिर्भरता र बाह्रैमासे सिँचाईको अवधारणा सहित सुरु भएका सिँचाई आयोजनाहरुमा प्रदेश सरकारसँगको समन्वयमा केही समस्या देखिएको उल्लेख गरे।

आयोजना निर्माणमा देखिएको समस्या र सम्बोधनका विकल्पबारे मन्त्री पुनले २५ मेगावाट भन्दा माथिका आयोजनाका प्रबद्र्धकहरुसंग मन्त्रालयमा छलफल गरेका थिए।

प्रबद्र्धकहरुले आयोजना निर्माणको क्रममा जग्गा प्राप्ति, बन क्षेत्र र बाटोको एकाधिकारबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए। छलफलमा १७ वटा आयोजनाका प्रबद्र्धक सहभागी थिए।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll