कृषकलाई बैंकमार्फत् अनुदान उपलब्ध गराउँछौं : मन्त्री खनाल

१ चैत्र २०७५
banner

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि अनुदानको रकम दुरुपयोग हुन नदिन बैंक तथा वित्तिय संस्थामार्फत् वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन्।

सरकारले बैंकमार्फत् कृषकहरुलाई अनुदान उपलब्ध गराउने तयारी गरेको छ। शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बैंकमार्फत् कृषकहरुको हातमा अनुदानको रकम वितरण गर्नका लागि ‘किसान कल्याण परियोजना’ संचालन गर्ने योजना पनि अघि सारे।

मन्त्री खनालले मलको अभाव हुन नदिन कृषकहरुलाई ‘सोयल हेल्थ कार्ड’ वितरण गर्न उपयुक्त हुने धारणा पनि समितिमा राखे। सो कार्डको आधारमा कृषकहरुलाई आवश्यक मलको व्यवस्था गर्ने मन्त्री खनालको भनाई छ।

मन्त्री खनालले सरकारले रसायनिक मलको विकल्पमा जैविक मल उत्पादनमा जोड दिने नीति लिएको पनि बताए। बैठकमा समितिका सदस्यहरुले जैविक मलको उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए। समितिका सदस्य महेश बस्नेतले सहरको फोहोर व्यवस्थापन हुने गरी जैविक मल उत्पादनमा जोड दिन सरकारलाई सुझाव दिएका थिए।

उनले जैविक खेती गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने कारणबारे पनि समितिमा चर्चा गरेका थिए। समितिका सदस्यहरुले मलको अभाव हुन नदिन सरकारलाई आवश्यक योजना बनाउन पनि सचेत गराएका थिए।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll