दार्चुलामा सेफ्टी ट्याङ्कीमा खसेर ४ बालबालिकाको मृत्यु

२८ जेठ २०७६
banner

प्रतिनिधिमुलक तस्विर

दार्चुला । दार्चुलामा सेफ्टी ट्याङ्कीमा खसेर ४ बालबालिकाको मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब ४ बजेतिर नौगाड गाउँपालिका–४ सिप्टीमा गणेश विनायक माविको शौचालयको सेफ्टी ट्याङ्कीको छाना भत्किदा ४ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले डिसी नेपाललाई दिएको जानकारी अनुसार मृत्यु हुने बालबालिकाको नाम खुलेको छैन। उनीहरु ५ देखि १० वर्ष उमेर समूहका छन्। ३ बालिका र १ बालक रहेको भन्ने सूचना प्राप्त भएको छ।

बिदा भएको समयमा शौचालय वरिपरि खेलिरहेकाे बेला एक्कासी सेफ्टी ट्याङ्कीकाे छत भत्किदा मृत्यु भएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्लाबाट करिब ६ घण्टाको समय लाग्ने हुँदा नजिकै रहेको प्रहरी चौकीको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक बोहराले बताए।  

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l