कसरी भएका थिए साउदी पत्रकार बेपत्ता ? भिडिओ सार्वजनिक

२५ आश्विन २०७५
banner

बीबीसी । टर्कीका सञ्चारमाध्यमले साउदी पत्रकार जमाल खशोगीलाई बेपत्ता पारिएको घटनासँग सम्बन्धित प्रमाण भन्दै सीसीटीभी दृश्य सार्वजनिक गरेका छन्।

इस्तानबुल विमानस्थलका ती दृश्यमा साउदी अरेबियाका सम्भावित गुप्तचरलाई टर्की प्रवेश गरेको र छोडेको देखिन्छ।

पहिला राम्रो सम्बन्ध भएपनि पछि साउदी राजपरिवारको कटु आलोचक बनेका पत्रकार खशोगी टर्कीस्थित साउदी वाणिज्य दूतावासबाट गत अक्टोबर २ देखि बेपत्ता भएका बताइको छ।

टर्कीका अधिकारीहरूले खशोगीको हत्या भएको बताएका छन्। तर साउदी अरेबियाले त्यसको खण्डन गरेको छ।

सुरक्षा निगरानीका लागि राखिएको एउटा क्यामेराबाट खिचिएकोजस्तो देखिने एउटा भिडिओ टर्कीको टीआरटी वर्ल्ड च्यानलले प्रसारित गरेको छ।

त्यस भिडिओमा काला भ्यानसमेत केही गाडीहरू साउदी वाणिज्य दूतावाससम्म गएको देखिन्छ। यिनै दृश्य अनुसन्धानको केन्द्रविन्दुमा रहने विश्वास गरिएको छ। साथै साउदी पुरुषका विभिन्न समूहहरू इस्तानबुल विमानस्थल हुँदै टर्की आएर होटेलमा प्रवेश गरेका र पछि देश छोडेका दृश्य पनि छन्।

विमानस्थलको धावनमार्गमा विशेष साउदी विमानहरू पनि देखिन्छन्। टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोगी आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका थिए।

उनीभित्र प्रवेश गरेपछि ती टर्कीकी महिला भने बाहिर नै कुरेर बसेकी थिइन्। टर्कीको एउटा समाचारपत्रिकाका अनुसार उसले खशोगी बेपत्ता भएको घटनामा संलग्न गुप्तचरहरूको एउटा टोलीका १५ जना को हुन् भनेर पत्ता लगाएको छ।

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l