आज पनि घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

२६ आश्विन २०७५

banner

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ केही मात्रामा घटेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ १३ पैसाले घटेको हो।
 
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १८ रुपैयाँ ३० पैसा छ भने विक्रिदर मूल्य १ सय १८ रुपैयाँ ९० पैसा रहेको छ। बिहीबार अमेरिकी डलरको खरिदर मूल्य ११८ रुपैयाँ ४३ पैसा रहेको थियो भने विक्रिदर ११९ रुपैयाँ ३ पैसा रहेको थियो। 

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ५९ पैसा छ। एक यूके पाउण्डको खरिददर १५६ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर १५७ रुपैयाँ २२ पैसा छ।

आज एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७० पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ४९ पैसा र विक्रिदर ३२ रुपैयाँ ६६ पैसा रहेको छ। एक युएई दिर्हामको खरिददर ३२ रुपैयाँ २१ पैसा र विक्रिदर ३२ रुपैयाँ ३७ पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष