घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गर्ने २ जना १ महीनापछि पक्राउ

२० मङ्सिर २०७५
banner

भक्तपुर । गत कात्तिक १९ गते राति घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले एक महीनापछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट गुजरा नपा वडा नं ४ कनकपुरका १९ वर्षीय शेख समसुद्दिन र सोही ठाउँका २३ वर्षीय सेख नयाज रहेका छन्।

भक्तपुर महानगरीय प्रहरी परिसर, रौतहटको चन्द्रपुर इलाका प्रहरी कार्यालय टोलीले रौतहटबाटै भक्तपुरको चाँगुनारायण नगरपालिका–४ हलचाप बस्ने ध्रुव श्रेष्ठको बा ९६ प १७७० नंको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।