यसरी नापिँदै छ सगरमाथाको उँचाई, हालको उचाईँमा परिवर्तन हुने संकेत

२५ माघ २०७५
banner

निर्मला घिमिरे 
काठमाडौं । नापी विभागले विश्वको सर्वोच्च शिखर सगरमाथाको वास्तविक उचाई आफैँ मापनका लागि तयारी गरिरहेको जानकारी दिएको छ ।
विभागले आगामी डिसेम्बरको दोस्रो हप्तासम्ममा सगरमाथाको वास्तविक उचाई पत्ता लगाउने तयारी गरिरहेको जानकारी दिएको हो । 

सगरमाथाको उचाई मापनमा विभिन्न अध्ययन गरिए पनि हाल मान्यता दिएको वास्तविक उचाई भने ८ हजार ८ सय ४८ मिटर रहेको छ । 
२०७२ सालको महाभूकम्प र जलवायु परिवर्तन पछि सगरमाथाको वास्तविक उचाईमा फेरबदल आउन सक्ने भन्दै नापी विभागले सगरमाथाको वास्तविक उचाई पत्ता लगाउने तयारी गरेको हो । 

सगरमाथाको वास्तविक उचाईका लागि नापी विभागले सर्वेक्षण टोलि गठन गरी ४० प्रतिशत काम भइसकेको जानकारी दिएको छ । 

सगरमाथा उचाई मापन सचिवालयका प्रमुख नापी अधिकृत सुशिल डंगोल भन्छन्, ‘हामीले सगरमाथाको वास्तविक उचाई आगामी डिसेम्बरमा पत्ता लगाउने गरी तयारी गरिरहेका छौँ । जसका लागि ४० प्रतिशत काम भइसकेको छ । ६० प्रतिशत जति फिल्ड अब्जर्भेशनको काम बाँकी छ ।’
प्रमुख नापी अधिकृत डंगोलले भने, ‘उचाई मापनका लागि नापी विभागबाट प्राविधिक टोलि गठन गरिएको छ । जुन टोलिमा प्रमुख नापी अधिकृत अजित डंगोलको नेतृत्व सहित १२ जनाको समूह छ ।’

सर्वेक्षणका लागि दुईवटा मेथड प्रयोग गरिने

सगरमाथाको उचाई मापनका लागि सर्वेक्षण टोलिले गाणितीय र जिपीएस मेथडको प्रयोग गरिरहेको छ । 

गणितीय मेथडका लागि विभिन्न सर्वेक्षण विन्दुहरु तय गरिएको छ । जसका लागि भोजपुरको मयाम, भोजपुर र खोटाङको सीमानामा अबस्थित लाउरे डाँडा, खोटाङ र सोलुखुम्बुको सीमाना नजिकै अबस्थित ऐसेलुखर्क, सोलुखुम्बुको पाताले डाँडाँ, सोलुखुम्बुको छुल्याम्न्, सोलुखुम्बुकै पीके, लोवेर राउजे, उपर राउजे, लुक्ला, नाम्चे, त्याङबोचे र कालापथ्थर रहेका छन् ।

यी विभिन्न विन्दुबाट सगरमाथाको उचाइबारे सर्वेक्षण गरिने विभागले जानकारी दिएको छ । प्राविधिक टोलिले पताले डाँडासम्म सर्वेक्षण गरिसकेको विभागले जानकारी दिएको हो ।

सगरमाथाको चुचुरोसम्म भने आरोहण समुह सहित जाने प्रमुख नापी अधिकृत सुशिल डंगोल बताउँछन् ।

सर्वेक्षणको अर्को मेथड जिपीएस भने सगरमाथाको चुचुरोमा जिपीएस ट्रयाकर प्रणाली राखेर सगरमाथाको उचाई मापन गरिने रहेको छ ।
सगरमाथाको वास्तविक उचाई पत्ता लगाउन प्राविधिक टोलिले हिउँको उचाई र हिउँभन्दा मुनि रहेको हिमालको चट्टान उचाई मापन गर्ने भएको छ । 

सगरमाथाको उचाइमा फेरबदल आउन सक्ने

सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर भनिएपनि यसको उचाई थोरै थपघट आउन सक्ने नापी विभागको अनुमान छ । यसअघि भारत सरकारको सर्वे अफ इन्डियाले पनि नेपालको सगरमाथाको उचाई घटेको आशंका गर्दै पुनः उचाई मापनको माग राखेको थियो ।

सगरमाथा उचाई मापन सचिवालयका प्रमुख नापी अधिकृत सुशिल डंगोलले पनि भूकम्पपछि सगरमाथाको उचाई थोरै थपघट हुन सक्ने बताएका छन् । जसको वास्तविकता पत्ता लगाउनकै लागि विभागले सगरमाथको उचाई नाप्न सुरु गरेको जनाएको छ । 

नेपालको अक्षांश २२ मिलिमिटरको दरले उत्तरिपूर्व तर्फ सरेको समेत नापी विभागले जानकारी दिएको छ । विसं २०७२ सालको महाभूकम्प पछि भने फेरि सरेको भूभाग फिर्ता आएको विभिन्न भूर्गव विदहरुले बताउँदै आएका छन् ।

भूकम्पपछि नै काठमाडौंको जमिन थोरै माथि उठेर लाङटाङको भाग भने धसिएको पाइएको छ । कति धसियो र कति भूभाग उठ्यो भन्नेबारे नापी विभागले सर्वेक्षण गरी वास्तविकता पत्ता लगाउन तयारी गरिरहेको जनाएको छ ।


 
सगरमाथाको उचाई फरक समयमा फरक फरक

सगरमाथाको विभिन्न समयमा विभिन्न स्थानबाट गरिएका मापनमा फरक फरक उचाइ आएको छ । 

अमेरिकाको नेशनल जिओग्राफिक्स सर्भेले सगरमाथाको उचाई ८ हजार ८ सय ५० मिटर भएको बताउँदै आएको छ । चीनले सन् १९७५ मा गरेको सर्भेमा ८ हजार ८ सय ४८ दशमलव १३ मिटर भएको जनाएको छ ।

त्यसको ९ वर्षपछि चीनले गरेको सर्भेमा सगरमाथाको चट्टानमात्रै र हिँउसहितको उचाई भन्दै फरक फरक तथ्यांक प्रस्तुत गरेको थियो । ती कुनै पनि मापनले वैज्ञानिक मान्यता भने पाएका छैनन् । चीनले तिब्बततर्फबाट गरेको मापनमा चट्टानसम्म भन्दै ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर राखेको थियो । 

सगरमाथाको उचाई मापनमा विभिन्न अध्ययन गरिए पनि हाल मान्यता दिएको वास्तविक उचाई भने ८ हजार ८ सय ४८ मिटर नै रहँदै आएको छ ।  

यो मापन सन् १९५८ मा तत्कालीन ब्रिटिस सरकारको सर्भे अफ इन्डियाको टोलिले मापन गरेको थियो ।

विभिन्न देश, संस्था वा व्यक्तिले फरक फरक नाप देखाएपछि नेपाल आँफैले सगरमाथाको वास्तविक उचाई पत्ता लगाउन सर्भेको सुरुवात गरेको हो । 

नेपालको गौरवको विषय रहेको सगरमाथाको उचाईँ नेपाल आफैले पहिलो पटक मापन गर्न लागेको हो । 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l