तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित ५७९ घरधुरीलाई मुआब्जा वितरण

२६ अषाढ २०७६
banner

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजनाबाट प्रभावित छ सय घरधुरी मध्ये ५७९जनालाई मुआब्जा वितरण गरेको छ।

बाँकी २१ जनाले मुआब्जा लिन बाँकी रहेको र उनीहरुका लागि रु पाँच करोड मुआब्जा दिनुपर्ने अवस्था रहेको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ। हालसम्म ९५ प्रतिशत मुआब्जा वितरण गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइड इञ्चार्ज विदुर अधिकारीले जानकारी दिए।

उनीहरुलाई मुआब्जा लिनको लागि आग्रह गरिएपनि कसैको जग्गा अंशबण्डाको विवाद भएको, श्रीमान् विदेश रहेका र केही व्यक्तिले मुआब्जा थोरै भएको भन्दै मुआब्जा नलिएका कारण केही मुआब्जा वितरण कार्य रोकिएको हो।

विसं २०७३ फागुनबाट जलाशय क्षेत्रबाट प्रभावित भएकालाई मुआब्जा वितरण कार्य थालिएको थियो। कूल ७५ करोड मुआब्जा वितरण गर्नुपर्नेमा ७० करोड वितरण गरिसकिएको छ भने पाँच करोड वितरण गर्न बाँकी छ रहेको अधिकारीले बताए।

आयोजनाबाट व्यास नगरपालिकाको वडा नं ५ ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र भिमाद नगरपालिकाका क्षेत्र प्रभावित भएका छन्। बाँध प्रभावित क्षेत्रमा स्थानीय विकासको लागि परामर्शदाताले काम शुरु गरिसकेको आयोजनाले जनाएको छ।

एक सय चालिस मेगावाट क्षमताको सो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने गरी सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका काम भइरहेको छ। दोस्रो प्याकेजका काम गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको आयोजनाका प्रशासकीय अधिकृत भोला शर्माले जानकारी दिए।

सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइनका काम भइरहेको उनले बताए।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीले काम शुरु गरेको छ।

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ। यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ। रासस

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l