घुस लिएको अभियोगमा मुद्दा दायर

२९ जेठ २०७६
banner

काठमाडौँ । घुस मागेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल ४१ नं गुल्म बुटवलमा कार्यरत जवान भेषेन्द्र केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सशस्त्र प्रहरी जवान केसीले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरिदिने भन्दै दश हजार घुस मागेको आरोप लागेको छ।

आयोगले सशस्त्र प्रहरी जवानलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो। आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।
 
आयोगले गत चैत १० गतेदेखि शुरु भएको माध्यामिक शिक्षा परीक्षाको अनिवार्य विज्ञान र सामाजिक अध्ययनलगायतका विषयमा प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गरेको अभियोगमा १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले इलाका प्रहरी कार्यालय कल्याणपुर सिराहाका प्रहरी जवान दिपेन्द्रकुमार मण्डल र ब्रम्हादेव सुनरैत, राहत दरबन्दीमा कार्यरत शिक्षक अरोध यादव र विष्णुदेव यादवलगायतलाई कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो।

माद्यमिक शिक्षा परीक्षाको प्रश्नपत्र अनधिकृतरूपमा निकाली परीक्षा शुरु हुने निर्धारित समय अगावै सार्वजनिक गरी गैरकानुनी लाभ पुर्याएको पाइएको छ।

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l